
हिमाली जिल्ला मुस्ताङमा हिमपात र हिमपहिरोबाट हुन सक्ने जोखिम लगायत बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि गर्न विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन भएको छ । प्रकृतिक प्रकोपकाे समयमा हिउँपहिराेमा पुरिएका, फसेकाकाे बेलैमा उद्धार गर्ने विषयमा केन्द्रित रहेर प्रतिकार्य प्रदर्शन भएकाे हो ।
हिमाली जिल्ला मुस्ताङ, मनाङ लगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा जाडो मौसम सुरु संगै हिमपातले जनजीवन कष्टकर बन्दछ । ठूलो हिमपातको कारण हिउँ पहिरो समेत खस्दा हिउँ पहिरोमा, हिउँ आधी जस्ता प्राकृतिक प्रकोपमा परेर बेलाबेलामा पर्यटक र स्थानीयको समेतको मृत्यु समेत हुने गरेको छ ।
यस्तो अवस्थामा बेलैमा दुर्घटना स्थल पुगेर उद्धार गर्न ज्ञान र सिप सिक्न र पुर्न ताजगीकालागि जोमसोममा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन गरेको बताइएको छ । हिमपहिराेमा परेर बेपत्ता भएकाकाे खोजी कार्य, आगोलागि नियन्त्रण लगायतका विषयमा केन्द्रित रहेर प्रतिकार्य प्रदर्शन गरिएको थियो । तस्बिरमा विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन।








अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…