
मानव निर्मित संरचना वन्यजन्तुकालागि काल बन्दै गएको छ । अव्यवस्थित रुपमा निर्माण भएका संरचनामा परेर बेलाबेलामा वन्यजन्तु मर्ने गरेका छन् । यस्तै आइतबार घटना भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैंडाको मृत्यु भएको हो । आइतबार दिउँसो तीन बजे अन्दाजी वाषर््को भाले गैडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तारको काम भइरहेको पूर्वपश्चिम महेन्द्रराजमार्गको निर्माणाधीन नालामा खसेर भाले गैंडाको मृत्यु भएको हो ।
यो स्थान राजमार्गको भरतपुर गोन्द्राङ खण्डस्थित भरतपुर महानगरपालिका ९ गोन्द्राङ नजिकैको हो । यहाँ ६ लेनको सडक निर्माणको काम भइरहेको छ । बरण्डाभार जंगल चितनव निकुञ्जका जनावरहरु चुरे र महाभारत ओहोर दोहोर गर्ने जैविक मार्ग मानिन्छ । विकास निर्माणको काम संरक्षण मैत्री नुहँदो दुःखद घट्ना हुँदै आएका छन् ।
नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा गैडा खसेर मृत्यु भएको हो । गैंडा वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको हो । नाली बनिसकेपछि खाल्डो पुरेको भए पनि यस्तो दुःखद अवस्था नआउने स्थानीय हरि शर्मा बताउँछन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…