
यात्रु लिएर काठमाडौं उडेको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको छ । यात्रु लिएर विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज चरा ठोक्किएपछि फर्काएर विराटनगर विमास्थलमै अवतरण गरिएको थियो । धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको हो ।
साँझ साढे ६ बजेतिर काठमाण्डौंकालागि उडेको जहाजमा लाटोकोसेरो ठोक्किएपछि गन्तव्यमा पुग्न नसके पछि ५ मिनेटमै फर्काएर जहाजलाई सुरक्षित रुपमा विराटनगरमा अवतरण गरिएको विमानस्थल प्रमुख उत्सवराज खरेलले बताएका छन् । ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्य सहित ३३ जना रहेका थिए । उनिहरु सबै सकुशल रहेका छन् । चरा ठोक्किएपनि जहाजमा ठूला क्षति पुगेको नदेखिएको बताइएको छ । जहाजमा ठोक्किएको लाटोकासेरो भने मरेको छ ।
जहाजमा चरा ठोक्किएपछि धावनमार्ग छाड्ना साथ जहाजको देव्रेतर्फको इन्जिनको भाग बढी तात्न थालेको र इन्जिन हिट हुन थालेको पत्ता लगाएर जहाजलाई सुरक्षित अवतरण गरिएको बताइएको छ । सुरक्षित अवतरण गर्न सफल भएकोले ३३ जनाको ज्यान बाँचेको हो । आकाशमा जहाज उडानका क्रममा चरा ठोक्किने जोखिम सबै जसो देशमा हुने गर्दछ । नेपालमा पनि बेला बेलामा यस्ता घट्ना हुने गरेका छन् ।
यस समाचारमा प्रयोग गरिएको लाटोकोसेरोकाे तस्बिर सिम्बोलीक हो ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…