
नवलपरासी, ८ वैशाख ।
पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिका ४, जितपुरमा गिद्धहरु मरेको अवस्थामा फेला परेका हुन्।पंक्षी संरक्षण संघको गिद्ध संरक्षण परियोजनाका अधिकृत देउबहादुर रानाका अनुसार ६७ वटा गिद्धहरु मरेका अवस्थामा फेला परेका छन् ।
स्थानीय सुरेश यादवका अनुसार विष खुवाएर मरेको कुकुरको सिनो खाएका कारण यति ठूलो संख्यामा गिद्ध मरेको बताए । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणमा लागेका संरक्षणकर्मीलाई यो घटनाले ठूलो नोक्सान पुर्याएको छ। संरक्षणकर्मिहरुले उक्त घटनाको छिटो भन्दा छिटो छानबिन गरी कारबाही गर्न माग गरेका छन् l






यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …