गोही संरक्षणको सन्देश दिन मेला


     नेचर न्युज    
     मंसिर २६ गते २०८० मा प्रकाशित


गोही संरक्षणको सन्देश दिन सौराहाको चित्रसारी मैनाह खेलमैदानमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना गरिएको छ । केयर फर नेचको आयोजनामा गोही संरक्षणका साथै खोलाको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिदैं मेला आयोजना गरिएको हो ।

मंसीर २२ र २३ गते दुई दिन चलेको मेलामा नदी किनार सरसफाई जनचेतना मुलक ¥याली पनि गरिएको थियो । मेलामा बालबालिकाले गोहीको मुकुट लगाएर संरक्षणको सन्देश दिएका थिए । बालबालिकाले गालामा सेभ घडियाल, सेभ गोही जस्ता सन्देशमुलक सन्देश फेस पेन्टिङ गरेका थिए । सौरहा घुम्न आएका विदेशी पर्यटकले गोही मेलाको अवलोकन गरेका थिए ।

नेपालमा मगर गोही र घडियाल गोही दुई प्रजातिका गोही पाइन्छन् । नेपालमा भइरहेको गोही सम्बन्धी अनुसन्धानले यी दुवै प्रजातिलाई खतरा उन्मुख मानेको छ । विश्वमा २४ प्रजातिका गोही पाइन्छन् । नेपालमा घडियाल र मगर गरी दुई प्रकारका गोही पाइन्छन् । घडियालको थुतुनो लामो हुन्छ भने मगरको छोटो र थेप्चो हुन्छ् ।

घडियाल सफा र निरन्तर बगिरहेने ठूलाखोल नदीहरुमा मात्र पाइन्छन् । मगर ठूला नदीको साथै तालतलैया, पोखरी, तलाउ, घोल, जलाशयमा पनि पाइन्छन् । घडियालको मुख्य आहारा माछा हो भने मगरले माछाको सानै जंगली जनावर एवं घरपालुवा जनावरको पनि सिकार गर्छ । घडियाल अति संकटापन्न अवस्थामा पुगेको छ ।