
कहिले अति वर्षा त कहिले खडेरीका कारण विश्वका मान्छे मात्र होइन जनावर पनि समस्यामा पर्दै गएका छन् । यस्तै समस्या अहिले जिम्बाब्वेमा खडेरीका कारण हात्ती मरेका समाचार आइरहेको छ । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् ।
जिम्बब्वेस्थित ह्याङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञत्ति अनुसार हाल सो खडेरीकाा कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ ।
जसकाकारण झण्डै ४५ हजार हात्तीको बासस्थान रहेको जिक्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरु मरेका छन् । कम्तीमा एक सय हात्तीहरु पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ । पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ । खडेरीले पानीका मुहान सुक्दै गएकोले वन्यजन्तु खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…