जलवायु परिवर्तनको अध्ययन गर्न मलेशियाका शिक्षक सिक्लेसमा


     नेचर न्युज    
     पौष ६ गते २०८० मा प्रकाशित


मलेशियाका बिभिन्न विद्यालयका शिक्षक, मलेशियन नेचर सोसाइटीका अधिकारी लगायत ।

सिक्लेस कास्की : कास्कीको सिक्लेसमा जलवायु परिवर्तन र यसका असरका विषयमा अध्ययन गर्न मलेशियाका विभिन्न स्कूलका वातावरण विषयका शिक्षक सिक्लेस आएका छन् । मलेशियाबाट आएका शिक्षकहरुले सिक्लेसको नजिकै रहेको कफुचे हिमतालको परिवर्तित अवस्था, सिक्लेसबाट देखिन अन्नपूर्ण दोस्रो, अन्नपूर्ण चौथो र लम्जुङ हिमालमा परेको ग्लोवल वामिङको असरको बारेमा स्थानीय संग अन्तरक्रिया गरेका थिए । 

वातावरण शिक्षाकालागि मलेशिया र सिक्लेसको अन्नपूर्ण स्कूल बिच सहकाय गर्ने समझदारी । 

सिक्लेसको अन्नपूर्ण मावि , एसएमके ला सलेसेन्टल मावि क्वालालाम्पुर मलेशिया, नेचरलर सोसाइटी क्लब बिच वातावरण शिक्षा लगायतका विषयमा समझदारी भएको छ । सिक्लेको अन्नपूर्ण मावि संग यि दुई मलेशियाका विद्यालयलयले मितेरी साइनो पनि लगाएका छन् । एसएमके तामान सलायङ मावि बटुकेभ शिक्षकहरुले वातावरणी शिक्षाका विषयमा आधानप्रदान गरे ।

मादी गाउँपालिका १ सिक्लेको अन्नपूर्ण माध्यमिक विद्यालय र मलेशियाका विद्यालयमा वातावरणीय शिक्षा कसरी प्रभावकारी बनाउने भन्ने वषयमा ज्ञान आदान प्रदान गर्ने छलफल गरेका छन् । बर्ड लाइफ इन्टरनेशनल (एसिया), मलेशियन नेचर सोसाइटी र बर्ड कन्जरभेसन नेपालको सहकार्यमा मलेशियन शिक्षकहरु वातावरण शिक्षाको सिकाई र पढाई, जैविक विविधता संरक्षण बारे अध्ययन गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सिक्लेसमा  आएका हुन् । 

कार्यक्रममा वातावरण शिक्षा प्रवद्धन गर्ने, शिक्षा विधि तथा पठनपाठनका अनुभव आदान प्रदान गर्ने, दुई देशका विद्यालय बिच बेला बेलामा अध्ययन भ्रमण गर्ने, व्यवहारिक शिक्षाको प्रवद्धनकालागि तालिम दिने लगायतका विषयमा समझदारी भएको अन्नपूर्ण माविका प्रधानध्यापक शंकर खनालले बताए । वातावरणिय शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित भएर दुई देशका शिक्षक बिच छलफल भएको बिद्यालयका उपप्रधानध्यापक गेहेन्द्र गुरुङले बताए । 

कार्यक्रममा एसएमके तामन सेलयाङ बटुकेभकी शिक्षक केली शिवा गुरुले विद्यालयका विद्यार्थीलाई वृक्षारोपण गर्न, बिरुवा हुर्काउन र त्यसबाट आम्दानी लिन सिकाउने उद्देश्यले विद्यालय परिसरमा ३ सय बेरीका बिरुवा रोपेर फलबाट विद्यालयले आम्दानी समेत लिइरहेको सुनाइन् । 

एसएमके ला सले सेन्टुल क्वालालाम्पुरकी प्रिन्सीपल कृष्ण कुमारी नाइडुले आफ्नो विद्यालयले अरबन फामिङ प्राजेक्ट, रिसाइक्लिङ प्रोजेक्टका विषयमा गरेका कामका बारेमा जानकारी गराएकी थिइन् । अन्नपूर्ण माविका प्रधानध्यापक शंकर खनालले विद्यालयले स्कूल र गाउँ वरपर सरफाई कार्यक्रम गर्दै आएको विषयमा बताएका थिए । 

कार्यक्रममा मलेशियाबाट आएका पाहुनाले विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरीका सामान हस्तान्तरण गरेका थिए । लाइबेरीका लागि आवश्यक पुस्तक, बिज्ञान संग सम्वन्धित पुस्तक उपलब्ध गराउने पनि मेलेशियाका शिक्षकले बताएका छन्  । शिक्षकहरुले उपहार आदान प्रदान गरेका थिए । कार्यक्रममा बर्ड लाइफ इन्टरनेशनल (एसिया) का  डा हुमबहादुर गुरुङले दुई देशका विद्यालय बिच वातावरणीय शिक्षाका विषयमा भएका समझदारी र ज्ञान आदान प्रदानले वातवारण शिक्षामा गुणस्तरियता आउने बताए । 

मलेशियाका शिक्षकले अन्नपूर्ण माविको विद्यालय कक्षाकोठा, प्राथना गर्ने शैली, विद्यालय शिक्षा विधी अवलोकन गरेका थिए । अवलोकन पछि बिद्यालयको अहिले भइरहेको शिक्षण विद्यी, पूर्वाधार १९७० को दर्शकमा मलेशियामा रहेको अवस्थाको रहेकोले समय अनुशार शिक्षण विधीलाई ढाल्दै जानु पर्ने एसएमके ला सले सेन्टुल विद्यालयकी प्रिन्सिपल कृष्ण कुमारी नाइडुले सुझाइन् ।

परम्परागत भेषभुषामा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

कार्यक्रममा मलेशिया नेचर सोसाइटीका निर्देशक आइएस सनमुगरा सुबरमनियमले विश्वमा बढ्दो तापक्रमका कारण विश्वका मानव मात्र होइन वन्यजन्तुले समते सकस बेहोरी रहेको अवस्थामा वातावरणीय अनुकुलनका विषयमा विद्यालयमा पढाई सुरु हुनु पर्नेमा जोड दिए । सिक्लेसमा पाँच वर्ष अघि आउँदा र अहिले आउँदा अहिले हिउँपर्ने समयमा पनि हिमालमा हिउँ कम देखिएकोमा चिन्ता व्यक्त गरे ।  

अन्नपूर्ण माविका विद्यार्थी संग तस्बिर खिचाउँदै मलेशियाका बिभिन्न विद्यालयका शिक्षक, मलेशियन नेचर सोसाइटीका अधिकारी लगायत ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्यु प्रदर्शन गरेर पाहुनाहरुलाई स्वागत गरेका थिए । दुई देशका विद्याय बिचको वातावरणीय शिक्षा आदान प्रदान कार्यक्रम बर्ड लाईफ इन्टरनेशनल (एसिया), मलेशियन नेचर सोसाइटी र बर्ड कन्जरभेसन नेपालको सहकायमा भएको हो । अन्नपूर्ण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीले परम्परागत भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।