
पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रबाट ३९० किलो आलो सुनाखरीको गानो सहित एक जना पक्राउ परेका छन् । यो परिमाण अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै सबैभन्दा धेरै परिमाण हो ।
मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदीमा सुनाखरी गाडीमा लोड गर्ने क्रममा प्रहरीले मर्स्याङ्दी गाउँपालिका वडा ४ कालाघिरिङका श्रीप्रसाद लामालाई पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई बुझाएको छ । उनि संकलन गर्ने व्यक्ति रहेको बताइएको छ । सुनाखरी साइसिट अनुसूची दुईमा भएकोले यसको ओसारपोसार गर्न पाइँदैन । यसको राजश्व नै किलोको ५ सय रुपैयाँ केजी रहेको छ । बेला बेलामा अनुसूची परिवर्तन हुने भएकोले राजश्व मूल्य भने रहेको छ ।
नेपालमा ५१० प्रजातिका सुनाखरी रेकर्ड भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा २ सय भन्दा बढी प्रजाति सुनाखरी पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले जानकारी दिए । समातिएको सुनाखरी दुई प्रजातिका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रको मर्स्याङ्दी गाउँपालिकाको समुन्द्री सतह देखि १७ सय देखि २४ सय मिटर उचाइ सम्म यो सङ्कलन गरिएको पाइएको बताइएको छ ।सुनाखरीको प्रयोग सुकाएर पिठो बनाएर औषधी र सजावटकालागि प्रयोग हुने गर्दछ ।
सुकाएर धुलो बनाएको सुनाखरी नेपाल मै २ सय डलर प्रतिकिलो बिक्री हुने गरेको पाइएको बताइएको छ । बढी कारोबार हुने भएकोले यसलाई साइटिसमा राखिएको हो । समातिएका लामालाई प्रहरीले आयोजनालाई बुझाएको छ । उनलाई हिरासतमा राखेर मुद्दा पक्रियामा अघि बढाइएको छ । सुनाखरीको राजश्व मूल्य पाँच सय रुपैयाँ प्रति किलो भएकोले यसको डबल जरिवाना हुने छ । भने गाडी समेत कारबाईमा पर्ने छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…