
इलाम : इलामको सन्दुकपुर गाउँपालिका ५ जौबारीमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा मृत अवस्थामा फेला परेको छ । गौरीबास सडक नजिक वृक्षरोपण गरिएको क्षेत्रमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
मृत रेडपान्डाको पोस्टमार्टम रिपोटकालागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको सन्दकपुर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताएका छन् । लजाुल स्वाभावको वन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको क्षेत्र हो । निगालोको टुसा र पात खाने रेडपान्डाको बासस्थान समेत संकटमा पर्दै गएका छन् ।
रेडपान्डा जोगाउन बासस्थान निगालोको जंगल जोगाउन संरक्षण कर्मीले सुझाएका छन् । मानवीय गतिविधिका कारण रेडपान्डा संरक्षणमा चुनौती थपिएको छ । चोरी सिकारीका कारण पनि रेडपान्डा जोखिममा पर्दै गएका छन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…