
पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने सहर हो । पोखरामा ठुलो वर्षा भएसँगै पानी सडकमा जम्मा भएर खोलाझैँ बग्छ । त्यही सडकको पानी बुलौदी खोला, फिर्के खोला हुँदै कि त फेवामा मिसिन्छ कि त सेती नदीमा गएर टुङ्गिन्छ।
सडक किनार, ढल, नहर, खोलामा जथाभाबी रूपमा फ्याँकिएका प्लास्टिकजन्य फोहोर, सिसा, मरेका कुकुर, बिरालाे समेत बगेर फिर्के खोला लगायत तालमा मिसिने खोला, ढल हुँदै तालमा सोझिन्छ । उसै गरी सेती नदी तर्फ पनि फोहोर मिसिन्छ ।
पोखराको विन्ध्यवासिनी, बागलुङ बसपार्क, सिद्धार्थ चोक, पर्स्याङ , मालेपाटन, सृजनाचोक सम्मबाट वर्षाको पानी फिर्केमा मिसिन आइपुग्छ। फिर्के खोलाले पोखरा बजारका सडक, ढल, खोलामा फ्याँकिएका फोहोर बोकेर गाईघाट क्षेत्र हुँदै तालमा पुग्छ।
यसरी पोखरामा ठुलो वर्षा भयो कि फेवातालको ड्यामसाइड क्षेत्र प्लास्टिकमय हुन्छ । पोखरेलीले जथाभाबी फ्याँकेका प्लास्टिक जन्य फोहोर मात्र होइन सिसाका बोतल र विभिन्न जनावरका सिनो समेत वर्षाको पानीले तालमा पुर्याउँछ । यस हप्ता पोखरामा धेरै समयपछि ठुलो वर्षा भयो।
वर्षा पछि धेरै पहिले देखि पोखराको सडक किनार, फिर्के, बुलौदी खोलामा जथाभाबी फ्याँकिएका फोहोर पानीको भेलले ड्यामसाइड क्षेत्रको तालमा लगेर छिरल्यो । त्यही तालमा छिरलिएको प्लास्टिक जन्य फोहोर फेवाताल हुँदै बिरौटा फाँटमा तालको पानी सिचाइ गर्न लग्ने मुलकुलोमा जम्मा भयो।

मुलकुलो भरी प्लास्टिक जन्य फोहोरले ढाकिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा रोखेर अभियन्ता रिजन रिजालले सरसफाइमा जुट्न युवालाई अनुरोध गरे । सुन्दर फेवाताल क्षेत्र प्लास्टिकजन्य फोहोरले कुरूप देखिएपछि युवाहरूले त्यस पोस्टलाई अझै व्यापक बनाए र सरसफाइमा जुट्न अनुरोध गरे ।
अरूलाई दोष नदिऔँ र अरूबाट आशा पनि नराखौँ । अब जे गर्ने हो आफैबाट सुरु गरौँ भन्ने नाराका साथ युवाहरू सरसफाइमा जुटेका हुन् । युवाहरूले सोमबार र मङ्गलवार दुई दिन लगाएर फेवाताल क्षेत्रको नहर सफा गरे ।
पोखरेली सञ्चारकर्मी आशिष पुरी, अमिसा बराल, रिजन रिजाल लगायतकाे पहलमा भएको सरसफाइमा पोखरा १७ को वडा कार्यालय, स्थानीय युवा क्लब लगायतले साथ दिएपछि प्लास्टिक जन्य फोहोरको कारण प्रदूषित बनेको ताल क्षेत्र सफा र सुन्दरता देखियो।
सुन्दर फेवाताल क्षेत्र प्लास्टिकजन्य फोहोरले कुरूप देखिएपछि युवाहरूले त्यस पोस्टलाई अझै व्यापक बनाए र सरसफाइमा जुट्न अनुरोध गरे ।
सुन्दर फेवाताल क्षेत्र फोहोरले ढाकिएको देखेपछि सरसफाइ अभियान चलाइएको अभियन्ता मध्येका एक आशिष पुरीले सुनाए । मर्निङवाल्क जाँदा ताल क्षेत्रमा फोहोर देखियो । समाजिक सञ्जालमा फोहोर भएको तस्बिर राखेर सरसफाइमा जुट्न अनुरोध गरेपछि युवा जुट्यौ र सरसफाइ गर्यौ’ अर्का युवा अभियन्ता रिजालले बताए ।
सोमबार ६० जना युवा जम्मा भएर सरसफाइ गर्यौँ । मङ्गलवार बाँकी फोहोर २६ जना युवा जुटेर सरसफाइ गरेको उनले सुनाए।
दुई दिनको सरसफाइमा ताल क्षेत्रको नहरबाट तीन ट्रक फोहोर सङ्कलन गरेर व्यवस्थापन गरेको अभियन्ता रिजालले जानकारी दिए । आ-आप्नो घरबाट निस्कने फोहोर सबैले राम्रो सँग व्यवस्थापन गरे पोखराको प्रकृति जोगिने रिजालले सुनाए । फेवाताल केवल एउटा ताल मात्र होइन ।
तालसँग पर्यटन, कृषि, र विद्युत् पनि जोडिएको छ । तालको पानीबाट बिजुली निकालिएको छ । फेवातालको पानीबाट बिरौटा फाँटमा जेठो बुढो धान झुल्छ । पोखराको पर्यटकको मुख्य आकर्षण पनि यही ताल बनेको छ । फेवाको पानी बगेर पाताले छाँगो बनेको छ । यही छाँगो हेर्न पर्यटक लोभिन्छन् । यति महत्त्वको फेवाताल प्रदूषणको चपेटामा मात्र होइन पुरिदै र साँगुरिदै गएको छ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …