
पत्रकार कुट्नु पर्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरुले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की शाखा, प्रेस युनियन गण्डकी, प्रेस चौतारी कास्की, प्रेस सेन्टर कास्की लगायत विभिन्न पत्रकार संगठनहरुले मन्त्री गुरुङलाई कारवाही गर्नु पर्ने माग गरेका हुन् । मन्त्री गुरुङले आइतबार अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीको नामै किटेर मन्त्रीको कुर्सीमा बसेर कुटपिट गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । यातायात मजदुरले दुई पत्रकारलाई कुटेको विषयमा बोल्दै मन्त्री गुरुङले पत्रकार अमृत सुवेदीले कुटाइ खानुपर्नेमा सोझा पत्रकारले कुटाइ खाएको बताएका थिए ।
मन्त्री मनाङे भेस लगाएर मन्त्रीको कुर्सीमा बसेको समाचार फोटोसहित सुवेदीले अनलाइन खबरमा समाचार लेखेको विषयलाई लिएर मन्त्री मनाङेले पत्रकार सुवेदीलाई कुट्नु पर्ने भन्दै दिएको अभिव्यक्तिले पत्रकारले समाचार लेखेकै भरमा कुटाई खानु पर्ने अवस्था देखिएको छ । उनको अभिव्यक्तिले पत्रकारिता गर्ने पत्रकारलाई झस्काएको छ । समाचारमा चित्त नबुझेकै भरमा मन्त्रीको कुर्सीमा बसेका मन्त्रीले नै पत्रकारलाई कुट्नु पर्ने अभिव्यक्ति दिनुले आफू असुरक्षित रहेको महसुस गरेको पत्रकार सुवेदीले बताएका छन् । मन्त्रीकाे यस्ताे अभिव्यक्तिले पत्रकार मन्त्रीबाटै असुरक्षित भएकाे महसुस गरेका छन् । मन्त्री मनाङेकाे विगतकाे इतिहास र मन्त्रीकाे कुर्सीमा बसेर दिएकाे अभिव्यक्तिले गण्डकी प्रदेश सरकारकै गरिमामा चाेट पुगेकाे छ । तर प्रदेश सरकारले भने यस विषयमा मुख खाेलेकाे छैन ।
यातायात मजदुरकाे गुण्डा गर्दी शैली : दुई जना पत्रकार कुटिए
यातायात व्यवसायीको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पोखराको पृथ्वीचोकमा आइतबार पत्रकार बिनाकुमारी थापा मगर र सुरज थापा मगर माथी यातायात मजदुरबाट हातपात भएको छ । पत्रकार द्धोयलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाइने कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बताएका छन् । पत्रकारमाथी भएको कुटपिटको पत्रकार महासंघ लगायत विभिन्न सङ्घसंस्थाले विरोध जनाउँदै कुटपिट गर्नेलाई कारबाइको माग गरेका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…