
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा शुक्रबार दिउँसोको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुगेको छ । शनिबार राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकोप्टरबाट अवलोन गर्दा २ हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो ।
अवलोकनको क्रममा दुईवटा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये ३ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई दधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिएकी छन् । ५ वटा मध्ये २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको अध्ययनका क्रममा पाइएको बताइएको छ ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग पनि कटान भएको छ । कटानका कारण तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रको आवतजावत ठप्प भएको छ । बाढीपछिको अवस्थाका बारेमा थप जानकारी अध्ययन अवलोकनकालागि गएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली फर्केपछि विस्तृत जानकारी दिने बताएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…