
विश्व स्वास्थ्य संगठनले दोस्रो आपतकालीन चेतावनी दिएको छ । १४ अगस्ट २०२४ मा विश्व स्वास्थ्य संगठनले दुई वर्षमा मंकीपक्स सम्बन्धी दोस्रो पटक आपतकालीन चेतावनी दिएको हो । यसको अर्थ रहन्छ मंकीपक्स भाइरल नेपालमा पनि फैलन सक्छ । यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ । यसैले मंकीपक्स फैलनु अघि नै सरकार, स्वास्थ्य मन्त्रालय सचेत भएर विदेशबाट आउने पर्यटक र नेपाली समेतली समेतको स्वास्थ्य निगरानीमा विशेष ध्यान दिनु पर्ने छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यहहरुका अनुसार बुरुन्डी, क्यामरुन, मध्ये अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कंगो, घाना, आइभोरी कोस्ट, केन्या, लाइबेरिया, मोजाम्बिक, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रुवाण्डा, दक्षिण अफ्रिका, स्वीडेन, थाइल्यान्ड र युगाण्डा गरी १८ देशमा मंकीपक्सका केस रिपोर्ट गरिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले गत भदौं २ गते विज्ञप्ति निकाल्दै नेपालमा पनि यसको जोखिम रहेकोले सचेत रहन आग्रह गरेको थियो । नेपालमा पहिलोपटक गएको वर्ष असारमा एकजना ६० वषीैय विदे्शी महिलामा मंकीपक्स रोगको संक्रमण पुष्टि भएको थियो ।
त्यतीबेला मंकीपक्सको संक्रमण अन्यमा फैलिएन । फेरि यस्ता संक्रमण विश्वका विभिन्न देशमा फैलदै छ । सचेत भएर पुनः यस्ता संक्रमण देशमा फैलन नदिन सरकारले तयारी गरेर संक्रमण फैलन नदिने गरी अघि बढ्नु पर्छ । संक्रमण फैलनु अघि नै सचेत रहेर संक्रमण हुन नदिनु नै सफलता हो । फैलिन गएपछि नियन्त्रण गर्न सहज हुँदैन यसैले सरकारले बेलैमा यस्ता संक्रमण फैलनु अघि नै पुर्व तयारी गर्नु पर्छ । यसकालागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय चनाखो भएर तयारीका साथ अलन रहनु पर्ने छ ।



पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…