
मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालय कास्की लगायतका कर्मचारीलाई तालिम दिइएको छ ।
लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालयका कर्मचारीलाई तालिम दिइएको हो । तालिममा लाटोकोसेरोको महत्त्व र अवैध व्यापार किन हुन्छ लगायतका विषयमा तालिममा जानकारी गराइएको थियो ।प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा भएको तालिममा हालै कास्की जिल्लाका विभिन्न वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि समेत गरेर २० जनाको सहभागिता रहेको थियो ।
यसै गरी वन मन्त्रालयल, डिभिजन वन कार्यालय कास्कीका कर्मचारीहरूलाई पनि लाटोकोसेरो अवैध व्यापार कहाँ कहाँ हुन्छ र नेपालबाट कुन कुन देशमा जिउँदै समेत लाटोकोसेरोको व्यापार हुँदै आएका छन् भन्ने विषयमा पनि विभिन्न अध्ययन रिपोटको आधारमा जानकारी गराइएको थियो । तालिममा प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक राजु आचार्य, दिपा गुरुङले सहजीकरण गरेका थिए । तालिममा प्रकृतिका साथीहरूका निर्देशक आचार्यले विभिन्न अन्धविश्वासमा लाटोकोसेरोको अवैध व्यापार हुने गरेको बताए ।

नेपालबाट वार्षिक रुपमा १५ सय लाटोकोसेरो चोरी निकासी हुने गरेको पछिल्लो अध्ययनमा पाइएको छ । लाटोकोसेरोको नेपालमा र अन्तर्राष्ट्रिय रुपमा के किन चोरी निकासी हुन्छ र नियन्त्रण कसरी गर्न सकिन्छ लगायतका विषयमा तालिम दिइएको थियो । लाटोकोसेरो संरक्षणकालागि विद्यार्थी, विभिन्न जिल्लाका समुदाय, आमा समूहलाई पनि लाटोकोसेरोको महत्वको बारेमा विभिन्न तालिम आयोजना गरी जानकारी गराउने र संरक्षणमा लाग्ने प्रेरणा दिइने बताइएको छ ।

विभिन्न जिल्लामा कुल ११ वटा तालिमको आयोजना गरिने छ । यसरी गरिएको तालिममा २२० जना सहभागी हुने बताइएको छ । तालिमको साथै नेपाली परम्परागत घरको भित्ताको दायाँ, बायाँ र पछाडि चराकालागि बनाइने खोपी आधुनिक घरमा नहुनु, चराका वासस्थान रुख पनि पातलिँदै जाँदा वासस्थानको सङ्कट पर्दै गएकोले लाटोकोसेरोकालागि कास्कीका विभिन्न स्थानमा ९० वटा र स्याङ्जामा १० वटा कृत्रिम गुँड राखिने आचार्यले बताए ।

लाटोकोसेरो संरक्षणमा गत तीन दर्शक देखि लागिपरेका प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोही ह्टिवली अवार्डबाट प्राप्त पुरस्कारबाट लाटोकोसेरोको अवैध व्यापार, चाेरिसिकार नियन्त्रणकालागि तालिम, जनचेतना कार्यक्रमको साथै लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण लगायतका कार्यक्रम सुरु गरिएको आचार्यले बताए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…