
तीन दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै आएका संरक्षणकर्मी राजु आचार्य सम्मानित भएका छन् । स्याङ्जाको भैंसेगौंडा राँगभाङ स्थित अरनिको माविको ७५ औं वार्षिक उत्सवमा संरक्षणकर्मी आचार्य सम्मानित भएका हुन् ।
लाटोकोसेरो संरक्षणमा काम गर्दे आएका संरक्षणकर्मी आचार्यलाई २०८१ को वैशाखमा बेलायती संस्था ह्ीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत गरिएको थियो । प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्य पछिल्लो समय लाटोकोसेरो संरक्षण अभियानमा सक्रिय छन् । प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा हालै धनुषामा १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव २०२५ सम्पन्न भएको छ ।
सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका उनले ह्ीट्ली पुरीकारबाट पाएका रकमले गाउँ गाउँमा संरक्षण अभियानका काम भइरहेको छ । लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण, विद्यालय, समुदाय, सामुदायिक वन उपभोक्ता समिति, सुरक्षाकर्मी लगायतलाई संरक्षण अभियानमा जोड्न विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् ।
संरक्षणकर्मी आचार्य यस अघि अमेरिकामा हुने लाटोकोसेरो संरक्षण महोत्सवबाट पनि सम्मानित भइसकेका छन् । प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो अवैध शिकार तथा व्यापार र वासस्थान जोगाउन पनि अभियान चलाइरहेको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…