
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ । नेपालमा पहिलोपटक हुने एशिया वायोडाइनामिक सम्मेलन हुन लागेको हो । यसका लागि बीस देशका सहभागीहरू पोखरा आइपुगेका छन् आयोजकले बताएका छन् । एशियाबाहिरका विज्ञहरू समेत सहभागी हुने भएकाले यो सम्मेलन साँच्चिकै अन्तर्राष्ट्रिय मञ्च बन्ने आयोजकले बताएका छन् ।
वायोडाइनामिक कृषि माटो, मानिस, पशु–पक्षी र वनस्पतिको स्वास्थ्यसँगै खगोलीय शक्ति सदुपयोगमा आधारित एक प्रकृतिसम्मत प्रणाली हो। यस प्रणालीका अभ्यास, अनुसन्धान र अनुभवबारे दुई साता चल्ने कार्यशाला, अन्तर्क्रिया र प्रशिक्षणको सिलसिला यो सम्मेलनबाट टुंगिनेछ। वायोडाइनामिक कृषिको विश्व संस्था स्वीट्जरल्यान्डस्थित गोथेआनमका एक प्रमुख एडवार्डो रिकनले यसको नेतृत्व गरेका छन्।
यस तेस्रो एशियाली सम्मेलनको प्रमुख आकर्षण जलवायु आपतकालको दबाबमा रहेको हिमालय क्षेत्रलाई पुनर्जागृत कसरी गर्ने भन्ने बिषयमा दुई दिन विशेष सत्र हुनेछ, जसमा अन्तर्राष्ट्रिय विज्ञहरूको गहिरो संवाद सुन्न सकिनेछ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…