पोखरामा हिन्दुकुश हिमालय जोगाउने विषयमा वायोडाइनामिक सम्मेलन


     नेचर न्युज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ । नेपालमा पहिलोपटक हुने एशिया वायोडाइनामिक सम्मेलन हुन लागेको हो । यसका लागि बीस देशका सहभागीहरू पोखरा आइपुगेका छन् आयोजकले बताएका छन् । एशियाबाहिरका विज्ञहरू समेत सहभागी हुने भएकाले यो सम्मेलन साँच्चिकै अन्तर्राष्ट्रिय मञ्च बन्ने आयोजकले बताएका छन् ।

वायोडाइनामिक कृषि माटो, मानिस, पशु–पक्षी र वनस्पतिको स्वास्थ्यसँगै खगोलीय शक्ति सदुपयोगमा आधारित एक प्रकृतिसम्मत प्रणाली हो। यस प्रणालीका अभ्यास, अनुसन्धान र अनुभवबारे दुई साता चल्ने कार्यशाला, अन्तर्क्रिया र प्रशिक्षणको सिलसिला यो सम्मेलनबाट टुंगिनेछ। वायोडाइनामिक कृषिको विश्व संस्था स्वीट्जरल्यान्डस्थित गोथेआनमका एक प्रमुख एडवार्डो रिकनले यसको नेतृत्व गरेका छन्।

यस तेस्रो एशियाली सम्मेलनको प्रमुख आकर्षण जलवायु आपतकालको दबाबमा रहेको हिमालय क्षेत्रलाई पुनर्जागृत कसरी गर्ने भन्ने बिषयमा दुई दिन विशेष सत्र हुनेछ, जसमा अन्तर्राष्ट्रिय विज्ञहरूको गहिरो संवाद सुन्न सकिनेछ।