
विश्वको सबैभन्दा अग्लो उडान भर्ने चराहरू मध्येको एक खोया हाँस (बार हेडेड गुज) जाडो छल्न पोखराको फेवातालमा आइपुगेका छन् । हिउँदको समयमा प्रत्येक वर्ष खोया हाँस, चखेवा चखेवी लगायतका चरा पोखराका फेवातालमा पाहुना चराको रुपमा जाडो छल्न आइपुग्छन् । चिसोबाट तातोपन बढ्दै गएपछि खोया हाँस लगायतका पाहुना चरा उडान भरेर आफ्नै थाकथलो तर्फ उडान भर्छन् ।
पहिले फेवातालमा ठूलो सङ्ख्यामा खोया हाँस लगायतका पाहुना चरा आउने भए पनि पछिल्लो समयमा सिमसार क्षेत्र अतिक्रमणमा परेपछि पाहुना चराको आगमन सङ्ख्या घट्दो छ । खोया हाँस उच्च हिमाल पार गर्दै नेपाल प्रवेश गर्छन् । ५ हजार देखि ६ हजार मिटर माथिको उचाइ उडान भरेर यी प्रजातिका पोखरा आइपुग्छन् ।
फेवा सिमसार पुरेर बस्ती बस्दै जानु, फेवा फाँट र वरपरका कृषि क्षेत्र अतिक्रमणका साथै रासायनिक मल र विषादी प्रयोगको मात्र बढ्नुले पनि हिउँदे आगन्तु पाहुनालाई असर परेको छ । पछिल्लो समयमा फेवातालको मुहान क्षेत्रमा पनि प्रदूषण हुने क्रम बढ्दै जाँदा पाहुना चरालाई मात्र होइन तालको जीव र सिमसारका वनस्पतिमा पनि असर पर्ने चिन्ता संरक्षणकर्मीहरुमा छ ।
चराको अध्ययन गर्न पछिल्लो समयमा ट्याकिङ गर्दा यी प्रजातिका चरा ७ हजार २ सय ९० मिटरसम्म उडान भर्ने गरेको पाइएको छ । मङ्गोलिया, चीन र किर्गिस्तानका उच्च तालहरूमा खोया हाँसले प्रजनन गर्छन् । खोया हाँस नेपालका तराई क्षेत्रमा धेरै सङ्ख्यामा आउने भए पनि पोखराको फेवातालमा पनि जाडो छल्न केही संख्यामा आइपुग्छन् । खोया हाँस सगरमाथा क्षेत्रको गोक्यो तालमा पनि भेटिएका छन् । खोया हाँस भारत र बंगलादेशमा पनि जाडो छल्न पुग्छन् ।



जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…