
जलवायु परिवर्तनको असर महासागरमा देखिन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विश्वमा तापक्रम वृद्धिले नेपालका हिमाल कालापत्थरमा परिणत हुने क्रम बढेको छ ।
हिमतालहरू पग्लने, विस्फोट हुने क्रम तीव्र मात्र भएको छैन यसले हिमाली जनजीवनमा पनि प्रभाव पार्न थालेको छ । पानीका स्रोत सुक्दा बस्ती नै अन्यत्र सर्नु पर्ने अवस्था पनि मुस्ताङ लगायत हिमाली जिल्लाका साझा समस्याको रूपमा देखा पर्दै गएको छ । यस्तै समस्या महासागरमा पनि पर्दै गएको हालै युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले बताएका छन् ।
तापक्रम वृद्धिले विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको भन्दै युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले चेतावनी दिएको छ ।वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुन्द्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र क्रम छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने अवस्था बलियो बनेको बताइएको छ । युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रले बताए अनुसार महासागरको सतह निरन्तर तातिँदै गएको र यसले विश्व जलवायु प्रणालीमा ठुलो परिवर्तनको सङ्केत दिएको जनाएको छ ।
मे महिनामा मात्र पनि समुन्द्री तापक्रमको नयाँ ऐतिहासिक रेकर्ड तोड्ने अवस्था देखिएको युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले जनाएको छ । यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ । विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुन्द्री तातो लहर अत्यधिक रूपमा बढेको छ । यसले जलवायु असन्तुलन सिर्जना गरेको बताइएको छ । अप्रिल महिनामा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको (सन् १८५० देखि १९००) स्तरभन्दा १.४३ डिग्री सेल्सियस बढी मापन गरिएको थियो ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…