नागपञ्चमीको पर्यावरणीय र सांस्कृतिक महत्व


     नेचर न्युज    
     भाद्र १ गते २०८३ मा प्रकाशित


श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखि परम्परा छ । नागपञ्चमीमा घर घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनाजरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । खानजोत गर्दा नाग, सर्प लगायतका जीवलाई असर गर्ने हुनाले पनि खनजोत नगर्ने गरिएको हो ।

नाग पूजा गर्नाले वर्षा हुने र बालीनाली राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । नागको प्रतीक घरको प्रवेशद्धवारमा राख्दा घरमा संरषण हुने र विपद् टर्छ भन्ने परम्परागत विश्वास पनि छ । नाग पूजनले हाम्रो सनातन संस्कार, संस्कृतिक र परम्पराको संरक्षण भएको भन्ने सकिन्छ ।

पर्यावरणीय महत्व

नाग पञ्चमी जीवजन्तु , विशेष गरी सरीसृप र सर्पको संरक्षणप्रति जनचेतना जगाउन पर्व हो । सर्पले पर्वावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दछन् । सर्पले मुसा, भ्यागुता, आदिन खाएर जैविक नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउर्छन् । धार्मिक, सांस्कृतिक दृष्टिले पवित्र मानेर सर्पलाई मार्न नहुने सन्देश दिनु जैविक विविधताको रक्षा हो ।

नाग पञ्चमी पर्वले प्रकृति र जीवजन्तुमा श्रद्धा जगाउने अनि प्रकृतिप्रतिको कृतज्ञता र संरक्षणको चेतना दिएको छ । वायुमण्डलमा भएका विषालु पदार्थलाई सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने कुरा वैज्ञानिक हो ।

नाग पञ्चमी केवल एक धार्मिक पर्व मात्र होइन, यसले धार्मिक श्रद्धा, सांस्कृतिक परम्परा र पर्यावरणीय चेतना तीनैलाई जोड्ने महत्त्वपूर्ण अवसर हो । सर्पजस्ता जीवप्रति आदर भाव राख्दै, प्रकृति र संस्कृतिको रक्षा गर्न यो पर्वले महत्त्वपूर्ण योगदान दिदै आएको छ ।