
जोमसोम । मनाङ र मुस्ताङमा हिउँ चितुवाकाे आक्रमणबाट ५७ वटा भेडा र च्यांग्रा मरेका छन् । हिउँ चितुवाकाे आक्रमणबाट वैशाख ८ गते मनाङमा ४५ वटा र मुस्ताङमा वैशाख १९ गते १२ वटा च्यांग्रा मारेकाे इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए ।
मुस्ताङकाे तेताङ गाउँका किसान नसाक्या गुरुङले पालेकाे खोरमा हिउँ चितुवा पसेर १२ च्यांग्रा मारेको हाे। ११ वयस्क भाले र एउटा वयस्क पोथी गरी १२ च्यांग्रा मारेको स्थानीय किसानले बताएका छन्। पाठापाठी छुट्टै खाेरमा राखिएकाेले हिउँ चितुवाकाे आक्रमणबाट बचेका छन् । माउ नै चितुवा आक्रमणबाट मरेपछि पाठापाठी कसरी हुर्काउने पिरलाे किसानमा थपिएकाे छ ।
यसैगरी, वैशाख पहिलाे साता मनाङकाे नार्पा भूमि गाउँपालिकाका छिरिङ लामाकाे गाेठमा चितुवाकाे आक्रमणबाट ४५ वटा भेडा र च्यांग्रा मरेका थिए । हिउँ चितुवाकाे आक्रमणबाट भेडा र च्यांग्रा मात्र नभएर घाेडा, याकसमेत मर्ने गरेकाे स्थानीय किसानले बताएका छन्।
हिउँ चितुवा खाेरमा पसेपछि सुरुमा एउटालाई मात्र आक्रमण गरेर बाहिर निस्कन खाेज्छ । यसरी निस्कन लाग्दा खाेरभित्र अरु च्यांग्रा पनि अतालिएर भागदाैड गर्न थाल्छन् । यस्ताे अवस्थामा अरु भेडा र च्यांग्रा पनि हिउँ चितुवाकाे आक्रमणमा पर्ने र धेरै क्षति हुने गरेकाे हिउँ चितुवामा विद्याविरिधि गदैै गरेका अशाेक सुवेदीले जानकारी दिए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…