
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने क्रममा मुस्ताङको लोमान्थाङमा विभिन्न कार्यक्रम आयोजना गरी सचेतना दिवस मनाइएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङ, हिमाली अनुसन्धान केन्द्र र नेपाल पन्छी संरक्षण संघलगायतका संस्थाहरूको संयुक्त आयोजनामा माथिल्लो मुस्ताङका सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय समुदायको सहभागितामा अन्तरक्रिया तथा गिद्ध गणना गरेर सचेतना दिवस मनाइएको हो ।
कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङका प्रमुख उमेश पौडेलले माथिल्लो मुस्ताङको जैविक विविधता तथा गिद्धको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । अनुसन्धानकर्ता देउबहादुर रानाले गिद्धको पारिस्थितिक तथा वातावरणीय महत्त्व र यसको संरक्षणको आवश्यकताबारे प्रस्तुति दिएका थिए ।

आईयूसीएन गिद्ध विशेषज्ञ समूह एसियाका सह–अध्यक्ष कृष्णप्रसाद भुसालले अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको ऐतिहासिक पृष्ठभूमि, नेपालमा गिद्ध संरक्षणका क्षेत्रमा भएका प्रयास तथा आगामी कार्यभारबारे जानकारी गराए ।
कार्यक्रममा माथिल्लो मुस्ताङमा गिद्धसँग जोडिएको स्थानीय सांस्कृतिक सम्बन्ध अझै पनि बलियो रहेको बताइएको थियो। लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ओङदी गुरुङले परम्परागत संस्कृति तथा स्थानीय चलनले गिद्ध संरक्षणमा समेत योगदान पुर्याउँदै आएको बताए ।

गिद्ध दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमसँगै नेपालका विभिन्न क्षेत्रमा गिद्ध गणना पनि गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेका गिद्धका वासस्थान तथा सम्भावित क्षेत्रहरूमा समेत गिद्ध गणना गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख रविन कडरियाले जानकारी दिए ।
लोमान्थाङमा शनिबार गरिएको गिद्ध गणनामा हिमाली गिद्ध ८७ वटा र हाडफोर गिद्ध ५ वटा अभिलेख गरिएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…