पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका १ परत स्थित निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाँध जाने बाटो निर्माणकालागि ब्लास्ट गर्नेक्रममा खसेको ढुङ्गा र पहिरोमा परी शनिबार दुई जनाको मृत्यु भएको छ ।
ढुङ्गा र पहिरोमा परी धनकुटा पाख्रिबास नगरपालिका ८ घर भई सुपर हाइड्रोमा काम गर्ने २६ वर्षीय आयुश राई र खोटाङ केपिलास गाउँपालिका १ घर भई सोही हाइड्रोमा कार्यरत वर्ष २७ का किसान राईको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
सोही हाइड्रोमा कार्यरत इलामका ३२ वर्षका भक्तबहादुर मगरको उपचारपछि डिस्चार्ज भएका छन् । घटना लगतै तीनै जनालाई उद्धार गरेर उपचारकालागि मणिपाल शिक्षण अस्पताल लगिएको कास्की प्रहरीले जनाएको छ । घटनास्थल कास्कीको सार्दिखोलाबाट १२ किलोमिटर पूर्व पर्छ ।
सेती नदीको मुहान क्षेत्रको समुन्द्री सतह देखि २३ सय मिटर उचाईमा २४ मेघाबाटको सुपर सेती हाइड्रोपावर निर्माणको काम भइरहेको छ । सुपर मादीकै बाँध निर्माण स्थल जाने सडक निर्माणका क्रममा बतासे डाँडामा कडा चट्टान फोर्न ब्लाष्टको काम हुँदै गर्दा यो घटना भएको आयोजनाका पब्लिक रिलेसन अफिसर विमल बस्नेतले बताए ।



प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…
पोखरा : रसुवा लगायत क्षेत्रमा आएको अकल्पनीय बाढीले ५ जिल्लाका भोटेकोशी नदी वरपरका बस्तीमा मानवीय तथा भौतिक क्षति पु¥याएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…