पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका १ परत स्थित निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाँध जाने बाटो निर्माणकालागि ब्लास्ट गर्नेक्रममा खसेको ढुङ्गा र पहिरोमा परी शनिबार दुई जनाको मृत्यु भएको छ ।
ढुङ्गा र पहिरोमा परी धनकुटा पाख्रिबास नगरपालिका ८ घर भई सुपर हाइड्रोमा काम गर्ने २६ वर्षीय आयुश राई र खोटाङ केपिलास गाउँपालिका १ घर भई सोही हाइड्रोमा कार्यरत वर्ष २७ का किसान राईको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
सोही हाइड्रोमा कार्यरत इलामका ३२ वर्षका भक्तबहादुर मगरको उपचारपछि डिस्चार्ज भएका छन् । घटना लगतै तीनै जनालाई उद्धार गरेर उपचारकालागि मणिपाल शिक्षण अस्पताल लगिएको कास्की प्रहरीले जनाएको छ । घटनास्थल कास्कीको सार्दिखोलाबाट १२ किलोमिटर पूर्व पर्छ ।
सेती नदीको मुहान क्षेत्रको समुन्द्री सतह देखि २३ सय मिटर उचाईमा २४ मेघाबाटको सुपर सेती हाइड्रोपावर निर्माणको काम भइरहेको छ । सुपर मादीकै बाँध निर्माण स्थल जाने सडक निर्माणका क्रममा बतासे डाँडामा कडा चट्टान फोर्न ब्लाष्टको काम हुँदै गर्दा यो घटना भएको आयोजनाका पब्लिक रिलेसन अफिसर विमल बस्नेतले बताए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…