रसुवा बाढी : पशु उपचारमा हिमालयन पशु उद्धार समूहको साथ


     नेचर न्युज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित



नुवाकोट,बेत्रावती : भाद्र १० गते भोटेकोसीमा गएको बाढीले नदी किनारका बस्ती नै बगायो । सुनामी जस्तै गरी आएको बाढीले स्थानीयको साथै पशु चौपाया पनि बगायो ।

बाढीले बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको ज्यान नै लग्यो । बाढीले बुधबार सम्म १३ सय ५७ जनाको ज्यान गएको र ५ हजार ३ सय २६ जना हराईरहेको सरकारी तथ्याङ्क छ ।


बाढी प्रावित क्षेत्रका चौपायाको उपचार र आहाराकालागि पोखराबाट हिमालयन पशु उद्धार समूह खटिएको छ । बाढी गएको तेस्रो दिन नै बाढी गएको क्षेत्रको धादिङ हुँदै गल्छी सम्म चौपयाको उद्धार र उपचार गरेको समूहका अध्यक्ष दिब्यकुमार बरालले बताए । यसैगरी भाद्र १८ गते पनि नुवाकोटको बेत्रावती आएर पशु उपचारमा समूह खटिएको थियो । बाढी गएको १५ औं दिन पनि पुन चौपाया उपचारकालागि आएका हुन् । केही चौपायामा लम्पीरोग देखिएपछि पशु चौपायको उपचारमा जिल्ला पशु कार्यालय नुवाकोट संग सहकार्य गर्ने गरी समूह आएको अध्यक्ष बरालले बताए ।


समूहले कुकुरलाई रेवीजको खोप र आहारा पनि उपलब्ध गराएको समूहका सदस्य सुरेश ढकालले बताए । लम्पी रोगको खोप लगाउन जनशक्ति अभाव भएकोले खोपकालागि प्राविधिक टोली सहित समूह आएको उनले बताए ।