कालीगण्डकी नदीमा आएको बाढीले पर्वतमा करिब सय घरमा क्षति


     नेचर न्युज    
     असाेज ११ गते २०८३ मा प्रकाशित


पोखरा : अविरल वर्षाको कारण कालीगण्डकी नदीमा उर्लिएको बाढीले पर्वत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर ७६ घर पूर्ण क्षति पुगेको र २० घर बस्न नमिल्ने गरी क्षति पुगेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन् । 

बाढीले सबैभन्दा धेरै क्षति जलजला गाउँपालिका ८ फर्से बजारमा परेको छ । यस बजार क्षेत्रमा रहेका १६ घर बगाएको  जलजला गाउँपालिका पर्वतका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिए ।  जलजला ४ लामाखेतमा ८ घर डुबानमा परेको पनि स्थानीय समेत रहेका आचार्यले बताए । फर्से बजार र ढोडीनी जोड्ने कालीगण्डकी नदी माथिको झोलुङे पुल  बगाएको जलजला गाउँपालिकाका सूचना अधिकारी आचार्यले बताए । 

लगातारको वर्षाले कालीगण्डकीको सतह बढ्दै गएपछि  स्थानीय सतर्क भएर बेलैमा घर छोडेर सुरक्षित स्थानमा तर्फ गएकोले मानवीय क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बड्दै गएपछि स्थानीय सतर्क भएर बेलैमा घर छोडेर सुरक्षित स्थानमा तर्फ गएकोले मानवीय क्षति हुनबाट जोगिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । म्याग्दी प्रहरी संग समन्वय गरेर नदीको बहावको अवस्था हेरेर सूचना आदान प्रदान गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सार्न सफल भएको पनि उनले बताए । 

भोटेकोशी बाढीबाट पाठ सिकेर सुरक्षाकर्मीको समेत समन्वयमा बेलैमा कालीगण्डकी  किनार फर्से बजारका स्थानीले घर छाडेर सुरक्षित स्थानमा गएको जलजला गाउँपालिकाका सूचना अधिकारी आचार्यले बताए । कालीगण्डकीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगाको पुलमा क्षति पुगेको छ । मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको छ । 

बाढीले क्षति पु¥याएको पर्वत र बागलुङ जोड्ने कालीगण्कडीमाथीको मालढुंगाको पुल । पुलमा क्षति पु¥याएपछयातायत अवरुद्ध भएको छ । 

तबिर : मञ्जुल शाक्य ।