
पोखरा : नेपालका ८ हजार मिटर भन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन नेपाल सरकारले पहल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ८ हजार भन्दा उच्च थप ६ हिमाललाई विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा सूचीकृत गराउन पहल अघि बढाएको बताएका छन् । नेपाल पर्वतारोहण संघले धेरै अघि देखि यो पहल गरिरहेको थियो ।
नेपाल पर्वतारोहण संघ मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारण सभामा मन्त्री पौडेलले उक्त प्रस्ताव अघि सारेको बताइएको छ । नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरिएको छ । प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन् ।
नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतीय पहिचान थप विस्तार हुनुको साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना थपिने छ । यसले नेपाल ८ हजार मिट उच्च ८ हिमालबाट बढेर १४ वटा हुने मात्र होइन पर्वतीय पर्यटनको विकासमा थप ढोका खुल्ने पर्यटन व्यवसायीले बताएका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ ।
काठमाडौंमा आज देखि युआइएएको साधारण सभा सुरु भएको छ । यही सम्मेलनमा नेपालको थप ६ वटा ८ हजार मिटर भन्दा अग्ला हिमालको सूचीकृत गर्ने प्रस्ताव हुने छ । साधारण सभा शनिबार समापन हुने छ । यस सम्मेलनमा जलवायु परिवर्तनका कारण नेपालका हिमालमा परेको असर र यसबाट भइरहेका र हुने जोखिमका बारेमा पनि छलफल, बहस र निर्णय हुने विश्वास गरिएको छ । सम्मेलनमा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन् ।



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…