कोप -३१० सम्मेलन : हिमाली जलवायु न्यायका मुद्दा उठाउँदै नेपाल  


     नेचर न्युज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु बित्त र न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ । परराराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्ततसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरुको ३१ औं सम्मेलन कोप-३१० मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराराष्ट्रमन्त्री खनाल शनिबार टर्कीए प्रस्थान गरेका छन् । टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालकालागि मात्र नभई विश्वव्यापी चुनौती बनेको पनि मन्त्री खनालले बताएका छन् । हिमाली पारिस्थितिक स्थिरता पानी खाद्य सुरक्षा, ऊर्जा र अर्थतन्त्रसँग जोडिएको भन्दै उनले हिमालको संरक्षण राष्ट्रिय हितसँगै साझा अन्तर्राराष्ट्रिय जिम्मेवारी भएको पनि बताए । अगस्ट २६ मा भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीपछि लगतै नेपालका तीन नदी करिडोरमा बाढीपहिरोका ठूला घटना भएको छ । बाढीले जनधन, पूर्वाधार, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर क्षति पु¥याएको छ । यसैले पनि यो मुद्दा थप पेचिलो बनेको छ । नेपालका अन्य  हिमाल हुँदै बग्ने नदी पनि उति नै जोखिममा छन् । 

अगस्टको विपदबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनस्र्थापनाकालागि मात्रै प्रारम्भिक आकलनमा करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने देखिएको नेपाल सरकारका अधिकारीले बताएका छन् । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हुने पनि मन्त्री खनालले बताएका छन् । विपद्ले परिवारको जीवन, समुदायको पुनर्निर्माण र वषौंको विकास उपलब्धिसमेत जोखिममा परेको छ । पेरिस सम्झौताले तय गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने लक्ष्य हिमाली मुलुककालागि विशेष महत्त्वपूर्ण रहेको छ । तापक्रम अस्थायी रूपमा पनि उक्त सीमाभन्दा माथि पुग्दा हिमनदी पग्लने क्रम तीव्र हुने र संवेदनशील पारिस्थितिक प्रणालीमा अपूरणीय क्षति पुग्ने जोखिम रहेको छ ।