
पाेखरा : कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन नै लगायो । लकडाउनको समयमा सबैभन्दा मारमा पर्यटन उद्योग पर्ने नै भयो । स्वदेशी र विदेशी पर्यटक आएर होटलमा बस्ने र खाने गरेमात्र चल्ने पर्यटन उद्योग संकटमा पर्ने नै भयो ।
लकडाउन हटे लगतै पनि कोरोना कहरमा पर्यटक आउने कुरा भएन् । हवाई यात्रा सुचारु भए संगै पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भयो । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटकलाई आकर्षण गर्न छुट दिने निर्णय गर्याे । सिजनमा प्रति उडान ८ हजार सम्म विदेशी पर्यटकलाई लिने व्यवसायीले कोरोना संक्रमण कालमा स्वदेशी पर्यटकलाई आकर्षण गर्न २५ सय रुपैयाँ सम्ममा उडाउने भए ।
अहिले सम्म प्याराग्लाइडिङ नगरेका पोखरेली भारी छुटमात्र होइन फुर्सदको पनि समयलाई सदुपयोग गर्दै प्याराग्लाइडिङमा निकै आकर्षित भए । कास्की जिल्ला बाहिरका युवायुवतीहरु पनि पोखरामा प्याराग्लाइडिङकै लागि आउन थाले । त्यसपछि काठमाण्डौ, चितवन, बुटवल, भैरहवा लगायत विभिन्न शहरका युवायुवतीहरु आकर्षित भए । यसरी कोरोना संकटको बेलामा आन्तरिक पर्यटक प्याराग्लाइडिङमा रमाउन थालेपछि लामो समय कोरोनाका कारण बन्द रहेको व्यसायमा राहत मिलेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । काेराेना पछि गरिएकाे छुटकाे प्याकेज पछि दैनिक ३ सय सम्म व्यवसायिक उडान भएकाे उनले सुनाए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…