समाचार

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार काठमाडौंमा :अनुपम खेरले पशुपतिनाथ मन्दिर पुगेर गरे पुजा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री : प्रदेशलाई बजेट थपिदिने प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे । यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश… पुरा पढौ

पर्यटक आगमनमा सुधार : एक महिनामा करीब १० हजार पर्यटक आए

कोभिड—१९ पछि थला परेको पर्यटन उद्योगमा पछिल्लो समयमा पर्यटक आगमनमा केही सुधार देखिएको छ । दोस्रो लकडाउ हटे संगै पर्यटक आगमनमा पछिल्लो समयमा सुधार देखिएको हो । कोरोना विरुद्धको खोप लगाउने क्रम तिब्र हुनु, कोरोना संक्रमण दर पनि कम हुनु र पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था मिलाउनुले विदेशी पर्यटकको आगमनका सुधार देखिएको छ । यो संगै एक महिनाको अवधिमा नेपालमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ म ९ हजार ८ सय ९८… पुरा पढौ

कोभिड- १९ निर्मुल भएको छैन स्वास्थ्य सर्तकता अपनाउँ : डब्लुएचओ नेपाल प्रमुख डा.पाण्डव

व्यस्त जीवनलाई स्वस्थे राख्ने उद्देश्यका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरु गरेको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा आयोजना भएको छ ।  डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटपाथमा हिँडेर सो कार्यक्रम सम्पन्न गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश एस.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए । विश्वभरीनै कोभिड… पुरा पढौ

प्रसिद्ध पप गायिका शकिरा परिन् बँदेलको आक्रमणमा

पप सुपरस्टार शकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइटा बँदेलको आक्रमणमा परेको बताएकी छन्। कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्। च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्न, : हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्। पछिल्लो पीडिततिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए । पप गायिकाले भनिन सबथाेक… पुरा पढौ

धौलागिरी हिमालको चुचुरोमा पहिलो पटक पत्रकार पूर्णीमा सहित दुई नेपाली महिलाको पाइला

विश्वको सातौं अग्लो धौलागिरी हिमालको शिखरमा पहिलो पटक नेपाली महिलाको पाइला परेको छ । फोटो पत्रकार पूर्णीमा श्रेष्ठ र पासाङ लामु शेर्पा अंकिताले पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण गरेर शिखर चुमेका हुन् । सफल आरोहण संगै पहिलो पटक नेपाली महिलाले धौलागिरी हिमालको आरोहण गर्ने किर्तिमान उनिहरुले बनाएका छन् । सेभेन समिट टे«किङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पा असोज २ गते ८ हजार १ सय ६७ मिटर उग्लो धौलागिरी हिमालको आरोहणकालागि मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर आरोहणकालागि गएका थिए । पूर्णिमासहित… पुरा पढौ

जलवायु परिवर्तनको असर अध्ययन गर्न विश्वकै सबैभन्दा उच्च सगरमाथा क्षेत्रमा मौसम स्टेसन

पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ । यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– राष्ट्र संघ नेपाल प्रमुख सारा बेसोलो भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै… पुरा पढौ

काेराेनाकाे कारण पाेखरामा थप ४ काे मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा ४ जनाकाे मृत्यु भएकाे छ । पाेखराका विभिन्न अस्पतालमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुने सबै कास्कीका हुन् । पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ । यसै गरी पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ । यसै गरी पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक… पुरा पढौ

कुकुर पाल्न पोखरामा पनि दर्ता अनिवार्य

कुकुर व्यवस्थापनमा समस्या देखिएपछि पोखरामा अव कुकुर पाल्न दर्ता गर्नु पर्ने भएको छ । कुकुर पाल्ने तर कुकुरका स्याहारसुसार नगर्ने अवस्थाका कारण पोखरा लगायत देशभर सडक कुकुरको सङ्ख्या बढ्दो क्रममा छ ।  यसैलाई ध्यानमा राखेर पोखरा महानगरपालिकामा बिहीबार देखि वडा कार्यालयबाट अनुमति पत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ बाट महानगरपालिकाले यो अभियान सुरु गरेको हो । दर्ता गर्दा प्रति कुकुर सय रुपैयाँ तिर्नु पर्ने छ । कुकुर पाल्ने तर स्याहार सुसार नगर्ने, सडक, पार्कमा… पुरा पढौ