समाचार

नेपाल सँग मिल्ने रोमानियाको कृषि कर्म

आँसुको थोपा जस्तो आकारका पुराना परालका ढिस्कोहरू सयौं वर्षदेखि रोमानियामा ग्रामीण जीवनको प्रतीक हुँदै आएका छन्। ३ मिटर अग्ला (१० फिट) थुप्राहरू गर्मीको उचाइमा बच्चाहरूदेखि हजुरबा हजुरआमासम्म परिवारहरूले गरेको कडा परिश्रमको परिणति हुन्। तिनीहरूले सँगै कम्मरसम्म अग्लो घाँस काट्छन्, तातो घाममा सुकाउन छोड्छन् र जाडोभरि भण्डारणको लागि थुप्रो लगाउँछन्, कडा हावा, भारी वर्षा र हिउँबाट जोगाउन घाँसलाई तलतिर कम्बो गर्छन्। जाडोभरि, यसको थुप्रोहरू घाँसको ढिस्कोबाट हटाइन्छ र पशुधनलाई खुवाइन्छ। काम श्रम-गहन र साम्प्रदायिक छ, र यसले मानिसहरू र तिनीहरूका पशुधन… पुरा पढौ

वायु प्रदूषणकाे सकस

अन्नपूर्ण, माछापुच्छ्रे, धाैलागिरी लगायतका हिमाल मुस्कुराएको देखिने पोखरा एक साता भयाे बिहानै देखि दिनभर धुम्म देखिएको छ । वायु प्रदूषणको कारण आँखा पोल्ने, धुवाको गन्ध सहितको हावा चल्ने समस्या पनि देखिएको छ ।  यता राजधानी सहरमा पनि उस्तै समस्या छ । गत २२ गते शुक्रबार र शनिबार विश्वकै प्रदूषित सहरहरुको शीर्ष स्थानमा राजधानी सहर काठमाडौं देखिएको थियो । यो साता भारतको दिल्ली र पाकिस्तान जस्ता विश्वकै प्रदूषित सहरलाई उछिन्दै काठमाडौं, पोखरा लगायत नेपाली सहर दूषित हावाले भरिएको अधिकारीले बताएका छन्… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा, भोटिङबाट उत्कृष्ट एकको छनोट हुने

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिट्ठी बजाउने सिकारीहरूमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।  युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्ने छ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ । यसकालागि अनलाइन… पुरा पढौ

अमेरिकाको मिनेसोटामा नेपालमा भएका लाटोकोसेरो संरक्षणका प्रयास बारे चर्चा

पोखरा : अमेरिकाको मिनेसाेटा प्रदेश स्थित ह्ुस्टन सहरमा २३ औं संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव भएको छ ।   २८ वर्ष अघि पखेटा भाँचिएर प्रकृतिमा फर्कन नसक्ने अवस्थामा रहेको एलिक नाम दिइएको लाटोकोसेराले अण्डा कोरलेको दिनको अवसर पारेर सन् २००३ देखि अमेरिकाको मिनेसोटा स्थित ह्युस्टन सहरमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव आयोजना हुँर्दै आएको आयोजकले बताएका छन् ।  ३ हप्ताको बच्चा अवस्थामा एलिक गुडबाट खसेर घाइते भएको अवस्थामा फेला परेको थियो । पखेटामा गहिरो चोट लागेर घाइते भएकी एलिक प्रकृतिमा फर्कन नसकेपछि २८ वर्ष… पुरा पढौ

जैविक विविधता संरक्षणकालागि दिएको रकम ठगी भएकोले सहयोग रोकियाे : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिदै आएको रकम रोकिनुकाे कारण खुलाएका छन् । राष्ट्रपति ट्रम्पले जैविक विविधता संरक्षण र वित्तीय संघीयताकालागि दिँदै आएको रकम रोकिनु ठगी भएको बताएका छन् । दोस्रो पटक अमेरिकाको सत्ता सम्हालेका राष्ट्रपति ट्रम्पले वैदेशिक सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यहीक्रममा वित्तीय संघीयताकालागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणकालागि प्रदान गरिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिव ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रेस… पुरा पढौ

हिउँद सकिन लाग्दा हिमाली क्षेत्रमा हिमपात

हिउँद सकिन लाग्दा बल्ल हिमाली क्षेत्रमा हिमपात भएको छ । मंगलबार पोखरा र आसपास क्षेत्रमा पानी परेको थियो । तल्लो भागमा पानी परेपछि हिमाली क्षेत्रमा हिमपात भएको छ । अन्नपवूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल लगायतका क्षेत्रमा हिमपात भएको हो ।हिउँदको अन्तिम समयमा हिउँ परेपछि हिमाली क्षेत्रका स्थानीय खुशी भएका छन् । लामो खडेरीपछि परेको हिउँले अन्नपात उत्पादनमा पनि राम्रो हुने भन्दै हिमाली क्षेत्रका स्थानीय खुशी भएका हुन् । सोमबार हल्का वर्षा भएकोमा मंगलबार केही ठूलो पानी परेको थियो… पुरा पढौ

हाइड्रोजन बेलुन विस्फोट प्रकरण : बेलुनमा हावा भर्ने पक्राउ

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बलुन विस्फोट घटनामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बैदामले बलुतमा हावा भरेको आरोपमा भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। फागुन ३ गते उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले आगलागी भई बलुन विस्फोट भएको थियो। प्रहरीका अनुसार सोही दिन कमलेसलाई नियन्त्रणमा लिइएको हो। बलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णु पौडेल र… पुरा पढौ

कोटीहोम महायज्ञ प्रकरण : उच्च अदालतको कारण देखाऊ आदेश

फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिटमा कारण देखाऊ आदेश जारी भएको छ । अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ मा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशबाट मंगलबार कारण देखाऊ आदेश जारी भएको हो । रिटमा कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएको छ । यसअघि आयोजक मानव सेवा फाउन्डेसनले कोटीहोम नरोक्न माग गर्दैै दायर गरेको रिटमा भने कारण अन्तरिम आदेश जारी भएको छ ।… पुरा पढौ

संरक्षणकर्मी आचार्य सम्मानित

तीन दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै आएका संरक्षणकर्मी राजु आचार्य सम्मानित भएका छन् । स्याङ्जाको भैंसेगौंडा राँगभाङ स्थित अरनिको माविको ७५ औं वार्षिक उत्सवमा संरक्षणकर्मी आचार्य सम्मानित भएका हुन् । लाटोकोसेरो संरक्षणमा काम गर्दे आएका संरक्षणकर्मी आचार्यलाई २०८१ को वैशाखमा बेलायती संस्था ह्ीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत गरिएको थियो । प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्य पछिल्लो समय लाटोकोसेरो संरक्षण अभियानमा सक्रिय छन् । प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा… पुरा पढौ

नसर्ने रोगहरूको पहिचानकालागि एक महिने अभियान सुरु

पोखरा : नसर्ने रोगहरूको पहिचानकालागि बिहीबार देखि पोखरामा एक महिना अभियान सुरु भएको छ । पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँ बजारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री प्रदिप पौडेलको रक्तचाप परिक्षण र  रगत परिक्षण गरेर सुरु भएको हो ।   कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न रोग जटील हुनु अगावै रोग पत्ता लगाएर निदान गर्न यो अभियान देशै भर सुरु गरिएको बताए । उनले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न थप आवश्यक रहेको पनि उनले बताए… पुरा पढौ