वन्यजन्तु

वन बढेर बाँदरको बिगबिगी

२०७५ साल असार महिना । अध्ययनको सिलसिलामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न गाउँहरू पुगेको थिएँ । मानव र बाँदर बिचको द्वन्द्वसम्बन्धी खोज गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ ।मौसमले भने खासै साथ दिएको थिएन । यो अध्ययनका लागि उपयुक्त समय पनि रहेनछ।  मानिसहरू धानको बिउ काढ्ने, आली लगाउने, खेत रोप्ने काममा व्यस्त थिए । उनीहरूलाई रोपाइँको चटारो थियो । म भने बाँदर देख्नै नपाइने हो कि भन्ने चिन्तामा थिएँ । पहिलोपटक असारमा जाँदा मैले कुनै… पुरा पढौ

जङ्गली ब्वाँसाहरू कसरी भए घर पालुवा कुकुर ?

कुकुरका छाउराहरू चञ्चल हुन्छन । खेल्न मन पराउँछन् । चाहे बलसँग होस, चाहे डोरीतान्ने खेल होस् वा साना साना गुडियाहरूलाई च्यातच्युत पार्ने कामहरूमा रमाइरहेका हुन्छन् । मानिसहरू यिनै कुकुरसँग खेल्दा आनन्द मान्छन् र हौसला बढेको ठान्दछन् । अध्ययनहरूले कुकुर पाल्ने मानिसहरू बिरालो पाल्ने मानिसहरू भन्दा धेर खुसी हुन्छन् र बढी हाँस्छन् भन्ने देखाएको छ।   कुकुरहरू मानिसहरूसँग खेल्न इच्छुक हुन्छन् । यो नै कुकुरहरूलाई घरपालुवा बनाउनुको मुख्य कारण भएको अध्ययनहरूको निष्कर्ष छ। यसैकारण नै मानिसहरूले कुनै निश्चित प्रयोजनका लागि कुकुरहरूको प्रजनन… पुरा पढौ

अवकाश लिँदै मानिस बचाउने मुसा

कम्बोडियामा मोगावा नामको मुसाले विगत पाँच वर्षदेखि जमिनमा राखिएका दर्जनौं विस्फोटक पदार्थहरू पत्ता लगाउँदै आएको छ। जसले विस्फोटक पदार्थहरूबाट मानिसहरूको ज्यान जान सक्ने जोखिमबाट बचाउँदै आएको छ। यो मुसा स्वस्थ भए तापनि उमेरका कारण पहिलाजस्तो छिटो काम गर्न नसक्ने भएकाले यसै महिनादेखि उक्त जिम्मेवारीबाट सम्मानित अवकाश दिने सोच अधिकारीहरूले बनाएका छन्। जब मुसाहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन् त्यसपश्चात उनीहरूलाई अवकाश गृहमा पठाइन्छ र खाना बस्नको राम्रो सुविधासहित उनीहरू खेल्दै रमाउँदै बाँकी जीवन व्यतित गर्छन्। मोगावा सन २०१४ मा तान्जानियामा… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमणको कारण सिंहको मृत्यु

भारतको चेन्नईस्थित चिडियाखानामा राखिएकाे एउटा ९ वर्षको सिंहको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। चिडियाखानामा राखिएको निला नाम गरेकी सिंहको बिहीबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको भारतीय सञ्चार माध्यम  हिन्दुस्तान टाइम्सले जनाएको छ। सिंहको मृत्यु हुनु अघि नाकबाट तरल पदार्थ आएपछि उपचार थालिएको भए पनि सिंहलाई बचाउन नसकिएको बताइएको छ। चिडियाखानामा रहेका अरू ९ वटा सिंहको कोरोना टेस्ट रिपोट पनि पोजेटिभ आएको छ। एकै स्थानमा राखिएका ११ सिंहको कोरोना परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमणको थपयकिन गर्न थप अनुसन्धानकालागि हैदरावादस्थिन भारतीय पशु स्वास्थ्य अनुसन्धान… पुरा पढौ

खपटायुक्त जीवसँगको पहिलो साक्षात्कार

यो फोटोमा भएको वन्यजन्तुलाई हेर्नुहोस् त ! चिन्नु भो ? झट्ट हेर्दा कुनै सरीसृप जस्तो लाग्ने यो जीव सरीसृप भने होइन। प्राय राति सक्रिय हुने यो लजालु प्राणी एक खपटायुक्त स्तनधारी वन्यजन्तु हो । स्तनधारी अर्थात मान्छेको जस्तै स्तन ग्रन्थी भएको। विश्वविद्यालयको प्रोजेक्टरमा पहिलो पटक पढेको ५ वर्षपछि हालसालै मैले यस जीवसँग पहिलो पटक साक्षात्कार गर्ने मौका पाएँ । त्यो पनि मेरो घर नजिकै। कोरोनाको कहरले सुनसान गोरखामा डिभिजन वन कार्यालयले आरुघाट बजारबाट उद्दार गरी उक्त जीव ल्याएको थियो। इलाका… पुरा पढौ

सामाजिक सञ्जालमार्फत डेढ घण्टामा विषालु करेतको उद्धार

बेलवास बुटवल निवासी ऋषभ अर्याल जालीमा अल्झिएको सर्प देखेपछि आत्तिए । कसरी उद्धार गर्ने होला भनेर चिन्तित बने । उनले आफ्नो साथी सुमन घिमिरेलाई फोटोसहित सूचना उपलब्ध गराए । साथसाथै उनले बुटवल आसपासमा कोही सर्प उद्धारकर्ताको फोन छ भने दिनुहोस् समेत भने । उक्त सूचना घिमिरेले भोइस अफ नेचर नामक फेसबुक समूहमा राखे । सामाजिक सञ्जाल ‘सेभ स्नेक सेभ नेचर’ तथा ‘हप्स नेपाल’ मा समेत पोष्ट भयो । फोटोसहित बुटवल आसपासमा सर्प उद्धारकर्ता भए ऋषभलाई सम्पर्क गर्न अनुरोध पनि गरे… पुरा पढौ

गोरखामा उद्दार गरिएको सालकबारे जानौं यी कुराहरु

गोरखा: गोरखाको आरुघाट गाउँपालिका ९ बाट स्तनधारी वन्यजन्तु कालो सालकको उद्धार गरिएको छ। आरुघाट पुल नजिकैबाट कालो सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए। सालक भेटिएपछि स्थानीयको सूचनाको आधारमा वन कार्यालय र इलाका प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले सोमबार सालकको उद्धार गरेको हो।  उद्धार गरिएको सालक गोरखा नगरपालिका स्थित सामुदायिक वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी पौडेलले बताए। सो सामुदायिक वन क्षेत्र सालकका लागी उपयुक्त वासस्थान भएकोले त्यस वन क्षेत्रमा छाडिएको पौडेलले… पुरा पढौ

सारसको उद्धारमा प्रदेश सचिवदेखी स्थानीय संरक्षणकर्मीको सक्रियता

भएको के थियो ? जेठ ८, २०७८ को बिहान ११ बजे अस्मिता अर्यालले घाइते सारसको बारेमा के गर्ने होला भनेर इमेल गरिन्। उक्त घाइते सारसको अवस्था नाजुक थियो।  स्थानीयले घाइते अवस्थामा एक दिनअघि मात्र उक्त सारस देखेका थिए। ‘यस्तो लकडाउनको बेलामा कसले उद्धार गर्ला र ?’ सबैलाई यस्तै लागेको थियो । उक्त चरा वास्तवमा भन्ने हो भने मृत्यु कुरेर बसेको जस्तो लागिरहेको थियो। यसरी जानकारी भयो सबैलाई रुपन्देही जिल्लाको सैनामैना-४, कुस्मा चोकदेखि २ सय मिटर दाहिनेतिर थियो त्यो सारस।   ‘कसैले… पुरा पढौ

चराको स्वर्ग बर्जु ताल

चराहरू शान्त वातावरणमा बस्न रुचाउँछन् । ताल, पोखरी, नदी, खोला, वन क्षेत्र चराका लागि स्वर्ग नै मानिन्छ । पछिल्लो समयमा देशभरका प्राकृतिक सम्पदा मानव अतिक्रमणमा परेका छन् । यसैले चराका  वासस्थान पनि  मासिँदै गएका छन् । राजधानी काठमाण्डौको बागमती नदी प्रदुषणका कारण त्यहाँ पाइने रैथाने चरा हराउँदै गएको चरा विज्ञहरू  बताउँछन् । पछिल्लो  समयमा पोखराको फेवाताल पनि मानव अतिक्रमणले त्यहाँका रैथाने चरा पनि हराउँदै गएका छन् । सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको चिम्डी (बर्जु) ताल चराका लागि स्वर्ग जस्तै छ ।… पुरा पढौ

मान्छेभन्दा चरालाई माया गर्ने ‘काजी दाइ’ रहेनन्

पोखरा । नेपालका चराहरूको अध्ययन र संरक्षण क्षेत्रका अग्रज हरिशरण नेपाली रहेनन् l  उनी ‘काजी दाइ’ को नामले विख्यात थिए l उनको नेतृत्वमा  सन् १९८२ मा ‘नेपाल पन्छी संघ’ को स्थापना भएको थियो l तर त्यस बेला सो संस्थालाई ‘चरा अवलोकन क्लब’का नामले चिनिन्थ्यो l ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, ‘प्रबल गोरखा दक्षिण बाहु’ लगायत उनले अनगिन्ती पुरस्कार र सम्मानहरु  प्राप्त गरेका छन् l पहिलो पटक उनले चराको नमुना सन् १९५६ मा संकलन गरेका थिए l ६० वर्षको अवधिमा उनले करिब ५ सय ७५… पुरा पढौ