वन्यजन्तु

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८… पुरा पढौ

रोल्पामा बाँदरले खायाे अन्नपात, स्थानीयवासी आतङ्कित

जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो । यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । ६ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै… पुरा पढौ

डार्टिङ गनसहितको जनशक्ति अभाव : एक महिनामा पनि भएन नीलगाई उद्धार

इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते पसेको  नीलगाई एक महिना बढी समय हुँदा पनि अझै उद्धार हुन सकेको छैन । नीलगाई उद्धार गर्न कृषि फार्मका सञ्चालक लिम्बुले प्रहरी प्रशासन, स्थानीय सरकार, डिभिजन वन कार्यालयमा पुगेर हारगुहार गरिरहेका छन् । तर वन कार्यालयले एक महिना बढी समय बितिसक्दा पनि उद्धार नगर्दा फार्म सञ्चालक मर्कामा परेका छन् । कृषि फार्ममा पसेको नीलगाईको बेलैमा उद्धार नहुँदा साढे ४ विगाह कृषि र्फाममा रहेका फलफूलका रुख, बिरुवा,… पुरा पढौ

सालकको खपटासहित दुई पक्राउ

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलो ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा झोलामा बोकेर बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बालाजुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले… पुरा पढौ

नागपञ्चमी : नागकाे पूजा र संरक्षण एक दिनमात्र हाेइन वर्षभरी गरौं

वैदिककालदेखि सुरु भएको नाग पूजा शुक्रबार देशभर नागको पूजा अर्चना गरी नागपञ्चमी मनाइँएको छ । नागदह, कुण्ड, मन्दिरमा रहेका नाग, गाउँ र परिवारले बनाएका नागस्थानमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगाउतका परिकार प्रसादको रुपमा चढाएर नागपञ्चमी मनाइँएको हो । नागको पूजा अर्चना गरेपछि घरका मूलढोकामा नागको चित्र टाँसेर नागपञ्चमी मनाइँन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइँन्छ । यसरी नागपञ्चमी मनाइँउदा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुको साथै अग्नि, मेघ र चट्याङको भयबाट… पुरा पढौ

विश्व हात्ती दिवसमा वृक्षरोपण

मानवबाट मारिएका हात्ती र हात्तीबाट मारिएका मानवका स्मृतिमा आज यहाँ विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । विश्व हात्ती दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको मेची नदी किनारमा शिरिष, जडुललगायतका फूल फुल्ने प्रजातिको बिरुवा रोपण गरिएको हो । कार्यक्रममा विभिन्न सङ्घसंस्था, होटल व्यवसायी र स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकै सबैभन्दा बढी हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएको स्थान नै बाहुनडाँगी रहेको हुँदा उनीहरुको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हात्ती संरक्षक शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्ममा सो स्थानमा ५०… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार

अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय कास्की र स्थानीयले घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेका हुन् । करिब ५ वर्षको भाले चितुवा सख्त घाइते अवस्थामा भेटिएपछि उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।चितुवाको टाउकोमा चोट लागेको छ । के कसरी चितुवा घाइते भयो भन्ने अनुसन्धानकै विषय भएकाे पराजुलीले बताए । घाइते चितुवालाई पोखराको पचभैयामा रहेको प्राणी उद्धार केन्द्रमा राखेर उपचार भइरहेको हो… पुरा पढौ

एक महिना देखि नीलगाई उद्धार गर्न हारगुहार गर्दा अझै भएन उद्धार

निजी कृषि फार्ममा एक महिना देखी पसेको नीलगाई उद्धार गर्न हारगुहार गर्दा अझै उद्धार हुन सकेको छैन । इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते देखि नीलगाई पसेर फलफूलका बिरुवा, तरकारी नष्ट गरेको छ । नीलगाई फार्ममा पसेपछि  उद्धार गर्न स्थानीय उपमहानगरपालिका, वन कार्यालयमा हारगुहार गर्दा पनि उद्धार नभएको लिम्बुले बताएका छन् । आफ्नो साढे ४ निगाह कृषि फार्ममा नीलगाई देखिएपछि स्थानीय वन कार्यालय, प्रहरी कार्यालय  लगायतमा खबर गर्दा पनि उद्धार नभएको उनले… पुरा पढौ

चालु आवमा निकुञ्जमा चार वटा गैँडा मरे, निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत गैँडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो । सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । मृता गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैँडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको… पुरा पढौ

नीलगाई संरक्षण गर्न हारगुहार गर्दा पनि भएन उद्धार

इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै देखापरेको नीलगाई उद्धार गर्न स्थानीय उपमहानगरपालिका, वन कार्यालयमा हारगुहार गर्दा पनि उद्धार नभएको स्थानीयले बताएका छन् । इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै नीलगाई देखिएपछि स्थानीयले इटहरी उपमहानगरपालिका, स्थानीय वन कार्यालय, प्रहरी कार्यालय  लगायतमा खबर गर्दा पनि उद्धार नभएको बताएका हुन् । आफ्नो फर्म नजिकै नीलगाई देखारेपछि वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले वन कार्यालय, प्रहरी कार्यालय र वडा कार्यालयमा खबर गरे पनि आज सम्म उद्धार नभएको स्थानीय मिफुङ लिम्बुले बताए । प्रहरी र… पुरा पढौ