वन्यजन्तु

कछुवा बेच्दै गर्दा तीन पक्राउ

संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको जनाइएको छ । संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको… पुरा पढौ

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले जानकारी दिए । यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो । कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको प्रारम्भिक अनुमान रहेकाे छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । रासस पुरा पढौ

दुई महिनाको केटा सहित दुईवटा गैंडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको हो । यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैंडा भेटिएका हुन् । ती गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले जानकारी दिए । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने अधिकारीले बताए ।… पुरा पढौ

सिनो, कुकुर र गिद्धहरू

गत साता ठुलो वर्षा हुँदा पोखरा २२ पिपलडाली नजिकै फुस्रे खोलाले मुहान क्षेत्रबाट गोरु बगाएर ल्याएर फाँटमा मिल्कायो। बुधवार मरेको गोरु खेतमै लडेको थियो। किसानहरू नजिकै खेतमा धान रोप्न व्यस्त थिए।  मरेको गोरुको दुर्गन्ध हावामा फैलिसकेको थियो। गिद्धहरू त्यही सिनोको गन्ध पछ्याएर सिनोमा झुम्मिएका थिए। खोला किनारमा रहेको सिमलका रुखमा बस्ने गिद्धको सङ्ख्या पनि उतिकै थियो। कुनै गिद्ध आकाशमा कावा खाँदै सिकार हेरिरहेका थिए भने  कुनै सिनो भए तिर वेग हान्दै थिए।  १५-२० वर्ष पहिले सिनोमा डेढ दुई सय गिद्ध… पुरा पढौ

वन बढेर बाँदरको बिगबिगी

२०७५ साल असार महिना । अध्ययनको सिलसिलामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न गाउँहरू पुगेको थिएँ । मानव र बाँदर बिचको द्वन्द्वसम्बन्धी खोज गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ ।मौसमले भने खासै साथ दिएको थिएन । यो अध्ययनका लागि उपयुक्त समय पनि रहेनछ।  मानिसहरू धानको बिउ काढ्ने, आली लगाउने, खेत रोप्ने काममा व्यस्त थिए । उनीहरूलाई रोपाइँको चटारो थियो । म भने बाँदर देख्नै नपाइने हो कि भन्ने चिन्तामा थिएँ । पहिलोपटक असारमा जाँदा मैले कुनै… पुरा पढौ

जङ्गली ब्वाँसाहरू कसरी भए घर पालुवा कुकुर ?

कुकुरका छाउराहरू चञ्चल हुन्छन । खेल्न मन पराउँछन् । चाहे बलसँग होस, चाहे डोरीतान्ने खेल होस् वा साना साना गुडियाहरूलाई च्यातच्युत पार्ने कामहरूमा रमाइरहेका हुन्छन् । मानिसहरू यिनै कुकुरसँग खेल्दा आनन्द मान्छन् र हौसला बढेको ठान्दछन् । अध्ययनहरूले कुकुर पाल्ने मानिसहरू बिरालो पाल्ने मानिसहरू भन्दा धेर खुसी हुन्छन् र बढी हाँस्छन् भन्ने देखाएको छ।   कुकुरहरू मानिसहरूसँग खेल्न इच्छुक हुन्छन् । यो नै कुकुरहरूलाई घरपालुवा बनाउनुको मुख्य कारण भएको अध्ययनहरूको निष्कर्ष छ। यसैकारण नै मानिसहरूले कुनै निश्चित प्रयोजनका लागि कुकुरहरूको प्रजनन… पुरा पढौ

अवकाश लिँदै मानिस बचाउने मुसा

कम्बोडियामा मोगावा नामको मुसाले विगत पाँच वर्षदेखि जमिनमा राखिएका दर्जनौं विस्फोटक पदार्थहरू पत्ता लगाउँदै आएको छ। जसले विस्फोटक पदार्थहरूबाट मानिसहरूको ज्यान जान सक्ने जोखिमबाट बचाउँदै आएको छ। यो मुसा स्वस्थ भए तापनि उमेरका कारण पहिलाजस्तो छिटो काम गर्न नसक्ने भएकाले यसै महिनादेखि उक्त जिम्मेवारीबाट सम्मानित अवकाश दिने सोच अधिकारीहरूले बनाएका छन्। जब मुसाहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन् त्यसपश्चात उनीहरूलाई अवकाश गृहमा पठाइन्छ र खाना बस्नको राम्रो सुविधासहित उनीहरू खेल्दै रमाउँदै बाँकी जीवन व्यतित गर्छन्। मोगावा सन २०१४ मा तान्जानियामा… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमणको कारण सिंहको मृत्यु

भारतको चेन्नईस्थित चिडियाखानामा राखिएकाे एउटा ९ वर्षको सिंहको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। चिडियाखानामा राखिएको निला नाम गरेकी सिंहको बिहीबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको भारतीय सञ्चार माध्यम  हिन्दुस्तान टाइम्सले जनाएको छ। सिंहको मृत्यु हुनु अघि नाकबाट तरल पदार्थ आएपछि उपचार थालिएको भए पनि सिंहलाई बचाउन नसकिएको बताइएको छ। चिडियाखानामा रहेका अरू ९ वटा सिंहको कोरोना टेस्ट रिपोट पनि पोजेटिभ आएको छ। एकै स्थानमा राखिएका ११ सिंहको कोरोना परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमणको थपयकिन गर्न थप अनुसन्धानकालागि हैदरावादस्थिन भारतीय पशु स्वास्थ्य अनुसन्धान… पुरा पढौ

खपटायुक्त जीवसँगको पहिलो साक्षात्कार

यो फोटोमा भएको वन्यजन्तुलाई हेर्नुहोस् त ! चिन्नु भो ? झट्ट हेर्दा कुनै सरीसृप जस्तो लाग्ने यो जीव सरीसृप भने होइन। प्राय राति सक्रिय हुने यो लजालु प्राणी एक खपटायुक्त स्तनधारी वन्यजन्तु हो । स्तनधारी अर्थात मान्छेको जस्तै स्तन ग्रन्थी भएको। विश्वविद्यालयको प्रोजेक्टरमा पहिलो पटक पढेको ५ वर्षपछि हालसालै मैले यस जीवसँग पहिलो पटक साक्षात्कार गर्ने मौका पाएँ । त्यो पनि मेरो घर नजिकै। कोरोनाको कहरले सुनसान गोरखामा डिभिजन वन कार्यालयले आरुघाट बजारबाट उद्दार गरी उक्त जीव ल्याएको थियो। इलाका… पुरा पढौ