
फेवाताल किनारमा साँझपख दैनिक हुने आरतीले पर्यटकका लागि थप आकर्षण बढाएको छ। फेवा किनारमा साँझ पख थप साैन्दर्य थपेकाे छ । फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरको अघिल्तिर बाराहीघाटमा आरती अवलोकन गरेर पर्यटकहरुले आनन्द लिने गरेका छन्। २०७५ असोज २४ गते घटस्थापनादेखि फेवा किनारमा आरती सुरु हुँदै आएको हो।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाउनु अघि चैत ८ गतेदेखि आरती सेवा बन्द रहेको थियो। पुसको ७ गतेदेखि पून: आरती नियमित हुँदै आएको छ। फेवाताल किनारमा साँझखप माछापुच्र्छे, धौलागिरी, अन्नपूर्ण हिमालको अवलोकन गर्दै आरती हेर्न पर्यटक निकै लोभिने गरेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले बताए।

भारतीय पर्यटक विशेष गरी बढी आकर्षीत हुने गरेको उनले सुनाए। पर्यटकहरु तालको किनारमा हुने आरती हेर्नकै लागि बसाई अवधि बढाएर अवलोकन गर्ने गरेको पनि उनले बताए। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले अझै पनि भारतीय नाका खुला नगर्दा भारतीय पर्यटक आउन पाएका छैनन्। पोखरा घुम्न आएका आन्तरिक पर्यटहरु आरती कार्यक्रममा सहभागी हुने गरेको समितिका अध्यक्ष अधिकारीले बताए।
हरेक साँझ शंखध्वनिका साथ आरती सुरु हुँदा पर्यटक आरती स्थल अघिको कुर्सीमा बसेर मन्त्रमुग्ध भएर सहभागी हुन्छन्। स्तोत्र पाठसहित सुगन्धित धुप बालेर ४५ मिनेटसम्म आरती हुन्छ। आन्तरिक पर्यटक मात्र होइन अहिले पनि पोखरामा रहेका विदेशी पर्यटक आरतीमा सहभागी हुने गरेका छन्। आरतीमा कर्ता बस्न चाहनेलाई निश्चित शुल्क दिएर बस्ने व्यवस्था मिलाइएको छ। सोही शुल्क र उपस्थित भक्तजनको दानबाट दैनिक आरती हुँदै आएको हो।
तीन जना गुरुले कलाकौशलसहित तालवाराही मन्दिर अघि फेवाताललाई पृष्ठमूमीमा पारेर आरती गर्दछन्। त्यस क्रममा शिव ताण्डव नृत्य पनि देखाइन्छ। भजनकिर्तन, टीका र प्रसाद ग्रहण पनि हुन्छ। कोरोना अघि पशुपतिनाथको दर्शन गरेर मुक्तिनाथ जान पोखरा आएका भारतीय तीर्थालु यहाँको आरतीमा सहभागी हुने गर्दथे। पश्चिमाञ्चल होटल संघले यस अघि नै सुरक्षित मापदण्ड अपनाएर भारततर्फका सबै नाकाबाट निर्वाध रुपमा पर्यटक आउने वातावरण सरकराले मिलाउनु पर्ने बताउँदै आएपनि सुनुवाई भएको छैन।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…