
फेवाताल पुरिनबाट जोगाउन बनाइएको सिल्टेसन ड्याम बाढीले बगाएको छ । फेवातालको मुहान पोखरा २३ हर्पन खोलामा एक वर्ष अघि बनेको ड्याम बुधवार राति भत्केको हो । ड्याम भत्केपछि खोला ठूलाखेतको बस्ती नजिकै भएर बगेको छ ।
ड्याममा थुप्रिएको गेगर, कमेरो लगायत बाँध भत्केपछि हर्पन खोला हुँदै तालमा थुपारेको छ । तालको मुहान क्षेत्रमा गएको पहिरो पनि खोला हुँदै तालमा मिसिँदा फेवा हिलाम्य भएको छ । तालको मुख्य खोला हर्पन, अधेरी खोला, बेतयानी खोला लगायतका खोला हुँदै मुहान क्षेत्रमा वर्षा याममा गएको पहिरो तालमा मिसिँदा ताल बर्सेनि साँगुरिँदै गएको छ ।
यसरी तालमा बर्सेनि १ लाख २४ हजार मेट्रिक टन गेग्र्यान फेवामा पुग्ने तथ्याङ्क छ । यसरी तालमा जाने गेग्र्यान रोकेर ताल पुरिनबाट जोगाउन एक वर्ष अघि ड्याम बनेको हो । २०७६ पुसमा बनाउन सुरु भएका ४ वटा ड्याम २०७७ को साउनमा तयार भएका थिए । हर्पन खोलाको साथै अधेरी खोला, बेतयानी खोला र लौरुक खोलामा ताल जोगाउन सिल्टेसन ड्याम बनाइएको हो । ताल जोगाउन बनाइएको ड्याम निर्माणकै क्रममा स्थानीयले कमजोर बनाएको भन्दै विरोध गरेका थिए ।

पानीको चाप र करेन्टको तुलनामा बाँध निकै कमजोर गरी सिमेन्टको जडान गरेको डुङ्गाको गाह्ये लगाएर सामान्य रूपमा बनाइएपछि स्थानीयले रड प्रयोग गरेर कङ्क्रिटको सेयरवाल लगाउन माग गरेको स्थानीय विष्णु दहालले सुनाए । विज्ञ टोलीको समेत सुझाव नमान्दा बस्ती र ताल दुवै जोखिममा परेको स्थानीयले बताएका छन् । अरू सिल्टेसन ड्याम पनि निर्माणकै क्रममा कम गुणस्तरको भएको स्थानीयले बताएका थिए ।
२०७६ पुस महिनादेखि बनाउन सुरु भएको ड्याम साउन महिनामा निर्माण सकिएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त रुपमा २८ करोड १६ लाख रुपैयाँमा हर्पन खोला, अधेरी, लौरुक र बेतयानी खोलामा गरी चार ड्याम बनेका हुन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…