
पोखराका महत्वपूर्ण प्राकृतिक सम्पदा भाडामा लगाउन पोखरा महानगरपालिकाले गरेका सम्झौता र भाडामा लगाउने सम्पूर्ण प्रक्रिया अघि नबढाउन उच्च अदालत पोखराले आइतबार अन्तरिम आदेश दिएको छ ।
पोखरा महानगरपालिकाले सेती नदी, पाताले छाँगो, रामघाट सहित पोखराका ५ प्राकृतिक सम्पदा सार्वजनिक निजी साझेदारी (सानिसा) कार्यक्रम अन्तर्गत लामो समयका लागि भाडामा दिन गरेको निर्णय र सम्झौता खारेजीको माग गर्दै पोखराका कानुन व्यवसायीले साउन १७ मा रिट दायर गरेका थिए ।
महानगरपालिकाले सेती खोंचमा साहसिक पर्यटकीय पूर्वाधार र डेभिज फल्समा सिसाको पुलसहितका पूर्वाधार बनाउन सेती क्यान्योन प्रालिलाई ४० वर्षका लागि भाडामा दिन साउन १४ मा प्रारम्भिक सम्झौता गरिसकेकाे छ । फेवा सिल्टेसन प्रालिले जेठ २४ गते फेवा पुरिनबाट रोक्न बनाईका सिल्टेसन पूर्न निर्माण , नयाँ सिल्टेसन निर्माण र उत्खनन गर्ने गरि २४ वर्षका लागि अनुमति पाएर उत्खनन्समेत गरिरहेको छ । रामघाटमा बाँध बाधेर सेती थुन्ने र निर्माण सामग्री उत्खनन गर्ने गरी ३५ वर्षलाई भाडामा दिनका लागि महानगरले कार्यापालिकाको बैठकको निर्णय बमोजिम भाडामा दिन सम्झौता प्रक्रिया अगाडि बढाइरहेको थियो ।
उच्च अदालतले आइतबार अवेर अन्तरिम आदेश जारी गर्दै ठेक्का प्रत्रिलया अघि बढ्नबाट रोकेको हो । तत्कालका लागि काम अघि नबढाउन आदेश जारी भएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताएका छन् । महानगर कार्यपालिका, पोखरा महानगरपालिका, फेवा सिल्टेसन प्रालि र सेती क्यान्योन प्रालिलाई विपक्षी बनाएर अधिवक्ता देवका तिमिल्सिना, अधिवक्ता मिलन सुवेदी, अधिवक्ता सविन तिवारी र अस्मिता तिवारीले रिट दायर गरेका थिए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…