
दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो । लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुःखेसो पोख्नुभयो ।
सुनारले भन्नुभभयो,“सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि आफ्ना कुखुरा बचाउन नसकेको हो ।” उहाँका अनुसार मनग्य आम्दानी यही एउटा कुखुरापालन हो तर सोचेको काम पूरा नभएरै कुखुराको खोर रित्तो भएको छ । डाँडाफया– चार गाउँमा दुई हप्तादेखि उक्त रोगका कारण २०० बढी कुखुरा मरिसकेका छन् । तीन वर्षदेखि कुखुरापालन व्यवसाय गरेकोमा सबै कुखुरा सोही रोगका कारण मरेपछि कुखुरा फार्म खोल्ने र व्यवसायी गर्ने धोको सपना जस्तै भएको अर्का स्थानीयवासी गौँगोरी सुनारले बताइन् ।
रानीखेत र निमोनियाले गर्दा कुखुरापालनमा समस्या भएको स्थानीय कालीबहादुर सुनारले जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार रोग लागेका कुखुरा पहिला झोक्र्याउने, कराउने र अनि मर्ने गरेका छन् । मौसम परिवर्तनसँगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनिया रोगले छिटो च्याप्ने गरेको पशुविकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको छ । प्रमुख थापाले भन्नुभयो, “डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधिसहित टोली चाँडै रोग प्रभावित क्षेत्रतर्फ जाने छ । ” रासस



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…