
पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । सीमानाका बन्द भएसँगै यसका सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।
फक्ताङलुङ गाउँपालिका–७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्ष अगाडि ३२ याक थियो । अहिले उहाँसँग ६४ छन् । उहाँले भन्नुभयो, “दुई वर्ष भयो ,याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ ।” यसैगरी फिन्चो शेर्पाले गोठबाट दुई वर्षदेखि याक बिक्री नभएको बताउनुभयो । उहाँसँग अहिले ४० याक छ । याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भन्नेर छुट्याउने गरेको उहाँले जानकारी दिनुभयो । समुद्र सतहदेखि तीन हजर ५०० मिटर उचाइदेखि पाँच हजारसम्मको उचाइमा याक र डीको चरन क्षेत्र मानिन्छ ।
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घाका फेदीमा याक गोठ पाइन्छ । याक विगतदेखिनै चीनको भिन्न बजारमा बिक्री हुँदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले जानकारीदिनुभयो । कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङमा ४००, ओलाचुङगोला ४३५ र घुन्सा ३६ गरी ८७१ याकको बीमासमेत गरिएको छ । परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बीमालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताउनुभयो ।
चीनका विभिन्न विभिविन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौरी याकबाट उत्पादित छुर्पी, घ्यू साथै पशुजन्य बस्तु चीनका बजारमा उचित मूल्यमा बिक्री हुने गरेको याङमाका स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्यानीयवासीको भनाइे छ । छुर्पी र घ्यू प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको याङमाका फिम्जो शेर्पाले बताउनुभयो । कोरोनाका कारणले दुई वर्षयता टिप्ताला नाका र सङ्खरसभा जिल्लाको किमाथाङका नाका बन्द हुँदा याक दुई वर्षयता बिक्री नभएको मिक्वाखोला गाउँपालिका–५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताउनुभयो ।
मिक्वाखोला–५ तोक्पेगोला क्षेत्रमा रहेको याक चौरी लायक पशुजन्य बस्तु सङ्खरसभाको किमाथाङका नाका हँदै चीका विभिन्न बजारमा बिक्री हुने गरेको उहाँको भनाइ छ । तोक्पेकोला क्षेत्रमा ३५ चौरी याकका गोठ रहेको मिक्वाखोला–५ पापुङका वडाध्यक्ष डण्डु लामाले जानकारीदिनुभयो । तोक्पेखोला क्षेत्रमा दुई हजारभन्दा बढी याकको सङ्ख्या रहेको उहाँले बताउनुभयो । जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाबाहेक सात पालिकामा चौरी याकपालन गर्दै आएको छ ।
उचित मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याकपालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ –६ घुन्साका स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रमा याकको उल्लेखनीय सङ्ख्यामा वृद्धि हुँदै गएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारीदिनुभयो । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…