
नेपालमा पहिलो पटक ठेउवा प्रजातिको नयाँ चरा भेटिएको छ l ‘युरोपियन रोलर’ वा ‘यूरोसियन रोलर’ नाम गरेको सो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत उपल्लो मुस्ताङबाट अभिलेख गरिएको होl सांस्कृतिक गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा ‘इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले भाद्र १३-१५ गते सो प्रजातिको तस्बिरहरू खिचेका हुन्l
खिचिएको सो तस्बिरहरु सुरुमा नेपालमा पाइने गरेको ठेउवा हो कि भनेर अड्कल गरिएको थियो l तर सो तस्बिर पहिचानको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम/लोमान्थाङका कार्यालय प्रमुख एवम् संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो, उनी ‘युरोपियन रोलर’ हो भनी कुरामा विश्वस्त भए l सो चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका विज्ञहरूलाई सो चराको विभिन्न तस्बिरहरू पठाइयो l बेलायती चरा विद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चरा विदहरु डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यले पनि सो चरा ‘युरोपियन रोलर’ भएको र हालसम्म सो चरा नेपालबाट अभिलेख नभएको बताएका छन्l

भर्खरै चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्दै आएका राम बहादुर गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा खुसी भएको बताएका छन्l स्वास्थ्य क्षेत्रमा काम गर्ने गुरुङले चरामा रुचि बढे पछि आज भोलि क्यामेरा लिएर मात्र हिँड्ने गरेका छन्l
संरक्षण अधिकृत ऋषि बरालले भने ‘अझै पनि नयाँ चराहरू भेटिनु भनेको, थप अनुसन्धान आवश्यक छ भन्ने अर्थ हुन्छl सो चरा कसरी यो क्षेत्रमा आयो ? यिनको अवस्था कस्तो छ? भनेर हामी अनुसन्धानलाई अगाडी बढाउँछौँ’l
वरिष्ठ चरा विद् डा. हेम सागर बरालले भने ‘वास्तवमा यो चरा नेपालमा पाइन् सक्छ भनेर, चरामा रुचि हुनेहरूले तराई क्षेत्रमा निकै खोज गरिएको चरा हो l अखिरमा मुस्ताङमा भेटियो l यो चरा नेपालमा पहिलो पटक अभिलेख गरिएको हो l म निकै खुसी छु’ l उनले थपे ‘यो चरा वयस्क चरा होइनl यिनीहरू योंङ हुँदा यिनको नयाँ ठाउँमा जाने खोजमूलक वानीको कारणले आएको हुन् सक्छl यसको बारेमा थप खोज गरिनु पर्दछl’
यो प्रजातिसँगै अन्नपूर्ण क्षेत्रमा पाउने चराको सङ्ख्या ५१९ पुगेको छl




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …