
अमेरिकाको कोलराडोमा एउटा जरायोको घाँटीमा दुई वर्ष देखि अड्किएको टायर निकालिएको छ । २०१९ को जुलाईमा पहिलो पटक घाँटीमा टायर लिएर हिडीरहेको जरायो कोलराडोका वन्यजन्तु अधिकृत जेरेडले जरायोको गणना गर्ने क्रममा देखेका थिए । तर त्यसपछि जरायो देखिनै छाड्यो ।
त्यसको दुई वर्ष पछि जरायोलाई बेहोस बनाएर घाँटीको टायर झिकीएको हो । मैथुनको मौसपममा पोथी जरायो संगै देखिएको बेला वन्यजन्तु अधिकारीहरुले जरायोलाई बेहोस बनाएर मोटरको टायर घाँटीबाट झिकेको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । टायर घाँटीबाट झिक्ने क्रममा टायर काट्दा तायर भित्रको स्टीलको कारण काट्न सम्भव नभएपछि जरायोको सिङ नै काटेर ९ अक्टोबर २०२१ मा टायर निकालीएको हो ।
काटीएको सिङ आगामी बसन्त याम सम्म पलाइसक्ने विश्वास गरिएको छ । साढे चार वर्षको जरायो अहिले टायरबाट मुक्त भएको हो ।
जरायोको घाँटीमा कसरी टायर छिर्यो भन्ने विषयमा अधिकारीहरुले हुकीदो अवस्थाको जरायो हुँदा टायर घाँटीमा छिरेको हुन सक्ने बताएका छन् । तस्बिर युएस न्युज पाेष्टबाट साभार गरिएकाे हाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…