
सीता एयरको जहाज नेपालगन्ज विमानस्थलको धावनमार्गमा मंगलबार बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । जहाज बँदेलका पाठासँग ठोक्किँदा तीन वटा बँदेलका पाठा मरेका बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।
नेपालगन्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा बिहान साढे ६ बवेतिर बँदेलका तीन वटा पाठा विमानमा ठोक्किएका हुन् । विमान चालक दलका ३ सदस्य र १४ यात्री भने सबै सकुशल रहेको सीता एयरले जनाएको छ । बँदेलसँग ठोक्किँदा जहाजको अगाडीको टायरभन्दा माथिल्लो भागमा क्षति पुगेको छ । बँदेलसँग जहाज ठोक्किएपछि मंगलबारका लागि हुम्लाको उडान रद्द गरिएको छ ।
दुर्घटनाको कारण नेपालगन्ज विमानस्थलको उडान झन्डै डेढ घण्टा प्रभावित भएको प्रहरीले जनाएको छ । यस अघि पनि नेपालगन्ज विमानस्थलमा बँदेल, दुम्सी ठोक्किएको थियो । विमानस्थल छेउमा रहेका झाडीको कारण यो समस्या हुँदै आएको स्थानीयले बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…