
ग्लास्गो : संयुक्त राष्ट्रसंघिय जलवायु सम्मेलन कोप-२६ मा संसारका नेताहरुले वन विनाशसम्बन्धी महत्वपूर्ण सम्झौता गर्ने भएका छन्। संसारका १ सयभन्दा बढी राष्ट्र प्रमुखहरुले सन् २०३० भित्रमा वन विनाश रोक्ने गरी महत्वपूर्ण सम्झौता गर्ने भएका हुन्।
वन विनाश रोक्ने सम्झौतामा संसारका नेताहरुले प्रतिज्ञा गरेको र उनीहरुले मंगलबार सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। उक्त सहमतिअनुसार निजी एवम् सार्वजनिक कोषमा करिब १९.२ विलियन डलर रकम समावेश गरिनेछ।
विज्ञहरुले सो प्रतिज्ञाको स्वागत गर्दै संसारका नेताहरुलाई चेतावनी समेत दिएका छन्। वन विनाश रोक्न यसअघि सन् २०१४ मा भएको सम्झौता असफल भएको भन्दै विज्ञहरुले चेतावनी दिएका हुन्। सम्मेलनका आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले पृथ्वीको वन, जंगल संरक्षण गर्ने सो सम्झौतामा मंगलबार हस्ताक्षर गराउने बीबीसीले जनाएको छ।
यदि सो सम्झौता कार्यान्वयन भएमा डढेलो, तस्करी, वन फडानी, कृषि, वासस्थान आदिका कारण भइरहेको वन विनाश एक दशकभित्रमा रोकिने विश्वास गरिएको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…