
जल तथा मौसम विज्ञान विभागले नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेकोले हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना रहेको र जाडो पनि बढ्ने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशि बदली रहने जनाएको छ ।
रातीको समयमा प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाबाट जारी बुलेटिलमा उल्लेख छ । यसै गरी शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिी तथा गण्डकी प्रदेशका भूभागहरुसहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
भारतमा वायुप्रदूषणको असर नेपालमा
भारतमा भएको वायुप्रदूषणको असर नेपालमा देखिन सक्ने विज्ञहरुले बताएका छन् । भारतमा यति बेला वायुप्रदूषण उच्च रहेको छ । जसको असर नेपालमा पर्न सक्ने विज्ञहरुले बताएका हुन् । यस अगाडि भारतमा प्रदूषण देखिँदा काठमाण्डौ उपत्याका लगायत विभिन्न स्थानमा वायु प्रदूषणको असर देखिने गरको थियो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जस्ताको तस्तै ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ०२ गते बिहिबार
दिउँसो : प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। राती : प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू(भागहरू आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ।
२०७८ मंसिर ०३ गते शुक्रबार
दिउँसो : सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू(भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू(भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर ०४ गते ९शनिबार
दिउँसो : बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…