
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा विश्वमै लोपउन्मुख एकसिंगे गैंडालाई लोगोमा र मस्कटकाे रुपमा राखेर बनाएको विषयले चर्चा पाएको छ । महाअधिवेशनमा ३ लाख ५० हजार रुपौयाँ खर्च गरेर गैडाको मस्कट पनि तयार गरिएको हाे।
चितवन लोपोन्मुख जनावर गैडा संरक्षणका हिसाबले विश्वमै ख्याति प्राप्त भएकोले महाअधिवेशनमा लोगो र मस्कटको रुपमा प्रयोग गरिएको मञ्च व्यवस्थापन समितिका सदस्य विनोद श्रेष्ठले बताएका छन् । यसले संरक्षणमा र पर्यटन प्रवद्धनमा पनि महत्वपूर्ण रहने चितवनका पर्यटन व्यवसायीले बताएका छन् । संरक्षणकर्मीले पनि मस्कट र लोगोमा गैडाको प्रयोगको प्रशंसा गरेका छन् ।

मस्कट अधिवेशन सकिएपछि नारायणी किनारमै राष्ट्रिय झण्डा राखेर उपहारको रुपमा रहने नेकपा एमालेका नेता प्रदिप ज्ञावलीले महाअधिवेशन उद्घाटन कार्यक्रममा बताएका छन् । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको समूहले दश दिन लगाएर नारायणी नदीको किनारमा गैंडाका मस्कट तयार गरेको बताइएको छ ।

आलोचकहरुले भने कम्युनिस्ट पार्टीले आप्ना सपनाहरुलाई गैंडा र ओलीमा लगेर केन्द्रित गर्नुजस्तो गैरमाक्सवादी सोच अर्को के हुन्छ भनेर पनि आलोचना गरेका छन् । गैंडाकाे मस्कटकाे हातमा कम्युनिस्ट पार्टीकाे झण्डा राखिएकाे भन्दै आलोचकहरुले आलोचना गरेका छन् । महाअधिवेशनमा गैंडाकाे लाेगाे र मस्कटकाे प्रयोगलाई संरक्षणकर्मीले भने विश्वकै दुर्लभ जनावर संरक्षणमा सन्देश दिएको रुपमा लिएकाे बताएका छन् ।
नेपालमा हाल ७ सय ५२ वटा एकसिङे गैंडा रहेकाे र चितवनमा मात्र ६ सय ४५ वटा रहेकाे विश्व वन्यजन्तु संरक्षण काेषले जनाएकाे छ ।
एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कटअवलोकन गर्दै गरेकाे तस्बिर सेताेपाटी डिजिटल पत्रिकाबाट लिइएकाे हाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…