
गुल्मी : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर तल्लाफाँटमा चितुवा मृत अवस्थामा भेटिएको छ । गुल्मीको मिमिया फाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवा भेटिएको स्थानीयले बताएका छन् । मृत अवस्थामा चितुवा भेटिएपछि स्थानीयले प्रहरी कार्यालय मजुवामा र कालीगण्डकीको चन्द्रकोट सब डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए ।
डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकज कुमार ठाकुरसहितको टोलीले घटनास्थल पुगी मृत चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा ल्याइएको छ । वनमा चितुवाको आहार कम हुँदा आहाराको खोजीमा चितुवा सहर पसेको घट्ना देशभर बढ्दो क्रममा छ । चितुवा आहारकालागि सहर पस्दै गर्दा मान्छे र वन्यजन्तुबीचमा द्धोन्द बढ्ने गरेको छ ।
बालबालिकालाई चितुवाले आक्रमण गर्ने क्रम पनि बिभिन्न गाउँ, सहरमा बढ्दाे छ । घरपालुवा जनावरलाई आक्रमण गर्दा पनि मानव र वन्यजन्तु बिच द्धोन्द बढेको हाे । चितुवाको आहारा, खरायो, मृग, बँदेल कालिज लगायतका वन्यजन्तु मानिसले सिकार गरेर खाने क्रम बढ्दो छ । यसैले वनमा चितुवाकाे आहार कमी हुँदै गएकाे छ । यसैले वन्यजन्तु र मानव द्धाेन्द बढ्दै गएकाे डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताउँछन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…