माल्टामा नयाँ कानुन : गाँजाका ४ बोट घरमा लगाउन पाइने, सात ग्राम बोक्न पाइने


     नेचर न्युज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित


युरोपेली मुलुक माल्टामा घरमा ४ बोट गाँजा रोप्न पाइने र सात ग्राम गाँजा बोक्ने पाइने गरि गाँजासम्बन्धी नयाँ कानुन पारित भएको छ । यो संगै माल्टा व्यक्तिगत प्रयोगकालागि गाँजा लगाउन र बोक्न पाइने पहिले यसरोपेली मुलुक बनेको हो ।

माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको बीबीसीले जनाएको छ । संसदमा नयाँ कानुन पक्षमा ३६ र विपक्षमा २७ मत परेको हो । नयाँ कानुनले सार्वजनिक स्थलमा गाँजा तान्न प्रतिबन्ध लगाएको छ ।

उमेर हद पनि कानुलले तोकेर १८ वर्षमूनिका केटाकेटीका सामु गाँजा तान्न पनि प्रतिवन्ध लगाएको छ । विपक्षी दलले भने यो कानुन राष्ट्रपतिले अनुमोदन गर्न नहुने बताएको समाचारमा जनाइएको छ ।