
१.
नदीको प्रश्न
नदीबाट कुलो काट्यौ
धान फलायौ ।
नदीबाट नहर काट्यौ
बिजुली फलायौ ।
ए मान्छे !
अब के फलाउने हो र ?
नदीबाट नदी नै काटेर ।
२.
नदीको दया
तस्कर थियो
बाँचुन्जेल आउँदा केही छाडेन
नदीका अंगअंग दोहन गर्योर
नदी तर नदी हुने रहेछ
जल्न, मरेपछि आउँदा पनि तस्कर
नदीले आफ्नो छाती- बगर दिँदैछ ।
३.
नदीको बाटो
मान्छेले गाडी बनायो
ती गुड्ने बाटो बनायो
त्यो बाटोमा अहिले
-सुत्केरी बोकेको एम्बुलेन्स गुड्छ
लास बोकेको शववाहन पनि गुड्छ
जब नदीको बाटो
नदी आफैंले बनाउने गर्थ्यो
नदीले मृत्यु मात्र बगाउँथ्यो
अब मान्छेले
नदीको बाटोको ठेक्का लिएको छ ।
***
– नागडाँडा, कास्की
कालीगण्डकी बचाऔँ अभियान – Save Kaligandaki![]()
![]()
‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ४९



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…