
कास्की : पछिल्लो समयमा आन्तरिक पर्यटकले मादी गाउँपालिका अन्तर्गत सिक्लेस क्षेत्रलाई रुचाउन् थाले पछि यसको व्यवस्थापनमा स्थानीयहरू कस्सिएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसले छनोट गरेका १० जना युवाहरुको लागि नेचर गाइड तालिम सुरु भएको छ l युरोपियन आउटडोर कन्जर्वेसन एसोसियसनको आर्थिक सहयोगमा संचालित ३ दिने सो तालिम प्रकृतिका साथीहरु, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना/इलाका संरक्षण कार्यालय सिक्लेस र मादी गाउँ पालिकाको सयुंक्त संयोजना संचालित गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै इलाका संरक्षण कार्यालय, सिक्लेसका निमित्त कार्यालय प्रमुख ढक बहादुर भुजेलले ‘पर्यटन, प्रकृति र स्थानीय जीविकोपार्जन’ लाई सँग सँगै लैजान यस्ता तालिमहरू सहयोगी हुने बताए । स्थानीय समाजसेवी सन्तोष गुरुङले ‘गाउँको लागि उपयुक्त तालिम’ सञ्चालन भएको बताए । संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेस र तांगतिङ्गमा केही वर्ष देखि ध्वाँसे चितुवा संरक्षण परियोजना सञ्चालन हुँदै आएको छ ।
प्रकृतिका साथीहरूका निर्देशक विकाश घिमिरेले तालिमको विषयमा जानकारी दिँदै भने ‘तालिम अवधिभर पर्या-पर्यटन, नेचर गाइडको भूमिका, स्थानीय संस्कृति, चरा, स्तनधारी, पुतली आदिको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइने छ’ । उनले थपे ‘ नेचर गाइडलाई दिइने सामग्रीहरूले उनीहरूको क्षमता अभिवृद्धि गर्नेछ । तालिमको सहजीकरण सो संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले समेत गरेका थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…