
गिद्धले वातावरण सफा राख्छ । सिना खाएर वातावरण स्वच्छ र सफा बनाएर मान्छे र अन्य जनावरको जीवन स्वस्थ्य राख्न महत्वपूर्ण भूमीका खेल्ने भएर गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ ।
धर्तीमा सिनो खाएर वातावरण सफा गरेर मात्र होइन गिद्ध आकाशमा उड्दा पनि मान्छेका साथमा रमाउने र साथीको भूमीका निर्वाह गर्ने गरेको प्यारा पाइलोटकाे अनुभव रहेकाे छ । सन् १९९८ देखि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै आएका नेपालकै पहिलो व्यवसायिक प्यारापाइलोट राजेश बमजन गिद्धले आकाशमा मान्छेको साथमा रमाउने र साथी जस्तै व्यवहार गर्ने अनुभव सुनाउँछन् ।
हेर्दै डरलाग्दो, नराम्रो, फोहोरी लगायतका अनेक रुपमा हेला हुँदै आएको गिद्ध आकाशमा शान्त भएर प्याराग्लाइडिङ गरिरहेका मान्छेको अघिपछि गरेर रमाउने उनले बताए । यसरी आकाशमा गिद्धले साथ दिदै र पछ्याउँदा अद्भुत रमाइलो हुने पनि उनले सुनाए । विदेशी पर्यटक त गिद्धको यस्तो व्यवहारबाट निकै खुशी हुने व्यवसायीले बताएका छन् । मांशाहारी चरा गिद्ध, चील, महाचील लगायतका चरा भर्दौ महिनाको तेस्रो साता देखि पुसको तेस्रो साता सम्म जाडो छल्ने बसाइँसराइ गर्ने गर्दछन् । साइबेरिया, तिब्बत देखि जाडाे छल्न पाेखराकाे आकाश हुँदै विभिन्न प्रजातिका चराहरु अफ्रिका सम्म पुग्ने चरामा विज्ञ बताउँछन् । यही समयमा पोखराको आकाशमा गिद्ध र चीलले प्याराग्लाइडरलाई पछ्याउने बमजनले सुनाए ।

चरा र प्याराग्लाइडर दुवै तातो हावा थर्मललाई प्रयोग गर्दै उड्ने गर्दछन् । यसैले तातो हावा भएतिर उडानका क्रममा गिद्धले प्याराग्लाइडरलाई पछ्याउने गरेको उनले सुनाए । जाडो याममा सराङ्कोटको आकाश क्षेत्रमा ५ प्रजातिका गिद्ध उडान गर्ने र तीनीहरुले प्याराग्लाइडरलाई पछ्याउने गरेको उनले बताए । हिमाली, सेतो, डंगर लगायतका गिद्ध सराङकोटको आकाशमा उडानका क्रममा साथी हुने गरेका हुन् । पोखरामा नेपालमा पाइने सबै ९ प्रजातिका गिद्ध पाइन्छन् । यसैले पनि पोखरा चरा प्रेमीकालागि आकर्षक गन्तव्य रहेको व्यवसायीले बताएका छन् ।
उडानका क्रममा चील कहिलेकाहीँ निकै आक्रमक भएर प्यारापाइलोटलाई लखेट्ने शैलीमा प्रस्तुत भए पनि गिद्ध भने शान्त र साथी जस्तै भएर पछ्याउने अर्का प्यारापाइलोट दामोदर पराजुलीको अनुभव छ । गिद्ध संगै उड्न निकै रमाइलो हुने पनि उनले बताए । अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमाल, फेवाताल, पोखरा बजारको अवलोकन गर्ने मात्र होइन विश्वकै दुलर्भ गिद्ध संग आकाशमा उड्न पाउनु पोखराको प्याराग्लाइडिङ विश्वकै उत्कृष्ट रहेको व्यवसायीले बताएका छन् । उडानको क्रममा पोखराका ९ तालको अवलोकनको साथै , ८ हजार मिटर भन्दा अग्ला धौलागिरी, अन्नपूर्ण प्रथम, मनास्लु हिमालको अवलोकन गर्न पाउनु पनि पर्यटककालागि अर्को नयाँ आकर्षण हो ।

विश्वमै लोप हुने अवस्थामा पुग्दै गरेको प्रकृतिको कुचीका गिद्ध संरक्षणमा भने चुनौती छ । बासस्थानको अभाव, स्वच्छ आहाराको बढ्दो अभाव लगायतका कारण गिद्ध जोखिममा छन् । मावन र अन्य जीवलाई स्वस्थ्य रहन महत्वपूर्ण भूमीका खेलने गिद्धको संरक्षणमा सबैको हातमालो हुने पर्ने विज्ञ बताउँछन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…