
गर्मी बढे संगै देशका विभिन्न स्थानका जंगलहरुमा डढेलो लाग्ने क्रम बढेको छ । वन विभागको तथ्यांकअनुसार आइतबार सम्म ५६ स्थानमा डढेलो लागिरहेको छ । डढेलो लाग्ने क्रम बढेकोले सचेत रहन वन विभागले अनुरोध गरेको छ ।
तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको वन विभागले जनाएको छ । बारा, पर्सा, रौतहट क्षेत्रमा बढी मात्रामा डढेलो लागेको हो । पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो लागेको बताइएको छ । वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार पर्सा, बारा रौतहटमा बढी मात्रामा डढेलो लागेको छ । मकवानपुर र उदयपुर, दाङ, सुनसरी लगायत विभिन्न जिल्लामा पनि डढेलो सक्रिय रहेको छ ।
डढेलो लाग्दा वनका, बारीका रुखहरुमा यति बेला बच्चा हुँकाइरहेका र गुड बनाउँदै गरेका चराका गुड नष्ट हुन्छ । यस्तै गरी डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र जैविक तथा पर्यावरणीय क्षति हुने भएकोले गर्मीको समयमा डढेलो लाग्न नदिन सबै सचेत रहनु पर्ने डिभिजन वन कार्याल कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए । किसानले घाँस राम्रो पलाउने विश्वासमा अवैज्ञानिक रुपमा वन, खरबारीमा आगोलगाउँदा पनि आगो डढेलोको रुपमा वनमा फैलने समस्या हुँदै आएको छ । यस तर्फ पनि सचेत रहनु पर्ने विज्ञ बताउँछन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…