
पोखरा । कोरोना संक्रमित बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ । कोरोना संक्रमितको उपचार गर्न आवश्यक प्रक्रिया पुरा गर्न अस्पतालले मंगलबार ( आज ) देखि ओपिडी सेवा बन्द गर्ने भएको हाे ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि इमर्जेन्सीमै राखेर कोरोना संक्रमितको उपचार गर्नु परेको थियाे। अस्पतालमा संक्रमितको उपचारका लागि हाल ८० बेड आइसोलेसन छ । मेडिकल वार्डलाई यसअघि नै अक्सिजनसहितको आइसोलेसन वार्डमा विकास गरिसकेको छ ।
अस्पतालमा कुल ३ सय ५० बेड छन् । प्रतिष्ठानका तर्फबाट निर्देशक प्राडा भरतबहादुर खत्रीले सोमबार विज्ञप्ति जारी गर्दै अर्को सूचना वा आदेश नभएसम्म कोभिड १९ बाहेकका अन्य ओपिडी बन्द भएको जनाइएको छ । नेपाल सरकार सचिवस्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।
गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने छ । मृगौलाका बिरामीका लागि डायलासिस पनि निरन्तर रहने सूचना अधिकारी नारायण आचार्यले बताए ।



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…