
पोखरामा बुधबार रातिको अविरल वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले घर भत्कदा एकै परिवारकाे दुइ जना सहित ५ जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा ८ वर्षका बालक पनि छन् भने तीन वर्षका एक बालक बेपत्ता छन् ।
पोखरा २० भलामको महेन्द्र मावि माथीको वन क्षेत्रबाट आएको पहिरोले ४५ वर्षका कृष्ण श्रेष्ठको घर नै सोरेर लग्दा कृष्ण र उनकी ३५ वर्षीय श्रीमती सुनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पहिरोमा परी उनको तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने ९ वर्षीय छोरा राजकुमारको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको हमालले जानकारी दिए ।
त्यसैगरि पहिरोले घर भत्कँदा घाइते भएका पोखरा ११ नमुना टोलका ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ भने उनकी १४ वर्षीय छोरी सृष्टि उपचारपछि घर फर्केकी छन् । त्यस्तै गरी पोखरा २० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा वर्ष २९ की विष्णु सार्की र उनका ८ वर्षका छोरा सुजन सार्कीको मृत्यु भएको हमालले जानकारी दिए । उनीहरू म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुकोटबाट पोखरा आएर बसेका थिए ।

पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परि ५ जना घाइते भएको कास्की प्रहरीले बताएको छ । पोखरा ११ काहुँ बसेरीका एकदेव तिमिल्सिना र उनकी श्रीमती रितु तिमिल्सिना र वर्ष १९ का छोरा गिरिष घाइते भएको हमालले बताए । अविरल वर्षा पछि ¥यालेचोर फेदी सामुदायिक वनबाट ठुला रुख, ढुंगा माटो सहित आएको पहिरोले भलामको महेन्द्र मावि स्कुल क्षेत्रको बस्ती जोखिममा पारेको हो । बुधबारको अविरल वर्षा पछि आएको पहिराले वन क्षेत्र कमजोर बनाएको र बिहीबार साँझ पनि ठुलो पानी परिरहेकाेले अर्को ठुलो दर्घट्ना हुने हो कि भन्ने त्रासमा गाउँले रहेको स्थानीय रामप्रसाद पौडेलले बताए । पहिरोले क्षति पुगेका घर र बस्ती क्षेत्रका स्थानीय आफन्तकोमा गएर बसेकाे पनि उनले सुनाए ।

पहिरोले भलामका करिब दर्जन घरमा क्षति पुगेको छ । घर घरमा पहिरो सहितको हिलो पसेको छ । बस्ती नजिकैको लामटारी खोला हुँदै पहिरो बस्तीमा पसेको हो । पाेखरामा गत २४ घण्टामा २४१.९ मिलिमिटर पानी परेकाे थियाे ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…